इलाम नगरपालिकाका कडा रोगीलाई १० हजार सहयोग

Breaking News Mukya Samachar Special News Trending प्रदेश संस्करण स्वास्थ्य/शिक्षा

इलाम : इलाम नगरपालिकाको आज बसेको बैठकले कडा रोगीलाई राहत स्वरुप १० हजार रुपैया दिने निर्णय गरेको छ । नगरपालिकाले नेपाल सरकारबाट जारी भएको विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका २०७५ अनुसार कडा रोग लागी औषधोपचारका लागी सिफारिस भएका नगरबासीहरुका लागी सुविधा मंसिर १५ गतेबाट लागु हुनेछ ।
प्रतिव्यक्ति एक पटकका लागि रु १० हजार रुपैया सहयोग गर्ने र सो रकम पदाधिकारी अन्य सुविधाकट्टागरि सहयोग रकमवितरणको व्यवस्था मिलाउने निर्णय भएको प्रवक्ता ठाकुर नारायण श्रेष्ठले जानकारी दिए । त्यसैगरी राष्ट्रिय योजना आयोगबाट आर्थिक बर्ष ०७७।०७८ मा कार्यान्वयन हुने योजनाको बारेमा छलफल गरी मिलगोलाइ विणापानी सडक निर्माण योजना कार्यान्वयनका लागी विस्तृत परियोजना प्रस्ताव सहित पठाउने निर्णय भएको छ ।
इलामनगरपालिकाअन्तर्गत विभिन्न योजना कार्यान्वयनका क्रममा उपभोक्ता समितिले जम्मा गरेको धरौटी २ चरणमा फिर्ता दिने निर्णय गरिएको छ । जस अनुसार योजना सम्पन्न भएको ४ महिनापछि धरौटी रकमको ३ प्रतिशत र लेखा परीक्षण कार्य सम्पन्न भएपछि धरौटी रकमको २ प्रतिशत रकम फिर्ता हुनेछ ।
इलाम नगरपालिका वार्ड नं। ६ को सेतीदेवी क्षेत्रबाट पुवाखोलामा झोलुङ्गे पुल निर्माणको आवश्यकता महसुस गरी योजना स्विकृतका लागी सस्पेन्सनब्रिज डिभिजन श्रीमहल पुल्चोक ललितपुरलाई अनुरोध गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए ।
अन्तरराष्ट्रिय भगिनी सम्बन्ध विस्तार गर्ने सन्र्दभमा भारतको सिक्किम स्थित गान्तोक म्युनिसिपल कर्पोरेसनसँग पुरा नभएको भगिनी सम्वन्ध प्रक्रिया थालिने भएको छ ।स्थानीय सरकार ऐन, २०७४ को दफा २६९ट० बमोजिम सम्वन्ध विस्तारको प्रक्रिया अघि बढ्न लागेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.