इलामको आईतबारेमा १५ शैयाको आयुर्वेद अस्पताल

Breaking News Hot News Special News Trending प्रदेश संस्करण समाज स्वास्थ्य/शिक्षा

फिक्कल इलामको आईतबारेमा रहेको मेची आयुर्वेद औषधालय अव १५ शैयाको अस्पताल बनेको छ । प्रदेश १ सरकारको सामाजिक बिकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय धनकुटाको मातहतमा रहेको मेची आयुर्वेद औषधालयको सेवा बिस्तार गरि १५ शैयाको बनाईए पछि आयुर्वेद अस्पताल बनेको हो ।

प्रदेश १ सरकारको पहलमा स्तर उन्नती तथा सेवा बिस्तार गरी इलाम , झापा , पाँचथर र ताप्लेजुङमासेवा दिदै आएको औषधालयलाई अस्पतालको रुपमा संचालनमा ल्याईएको कार्यालय प्रमुख तथा आयुर्वेद बिज्ञ तिर्थ आचार्यले जानकारी दिनु भयो ।
अस्पतालमा अहिले पंचकर्म सेवा , सिरोधारा , स्थानीक वस्ती क्षार सुत्र , फिजियो थेरापी सेवा , अकुंपंकर सेवा , इमरजेन्सी सेवा , शसुल्क फार्मेसी सेवा , बिशेषज्ञ चिकित्सक सेवा र १५ शैयाको अस्पताल सहित सुविधा बिस्तार गरिएको छ । बिभिन्न जडीबुटीको प्रसोधनबाट औषधी निर्माण गरी उक्त औषधी र बिभिन्न बिधिबाट बिरामीको उपचार गरिदै आएको छ ।
आयुर्वेद बिज्ञ आचार्यले आयुर्वेदको महत्व बुझाउनका लागि सर्वसाधारण सम्म आयुर्वेद पद्दती र यसको फाईदा बारे जानकारी गराउन सक्नु पर्ने बताउनु भयो । कार्यालयमा अव २४ सै घण्टा सेवा प्रदान गरिने उहाले जानकारी दिनु भयो । कार्यालयको पाँचकोठे भवन मात्र भएकाले हाल भाडामा अन्य भवन लिएर अस्पताल र कार्यालय संचालन गरिदै आएको छ । आईतबारेमा अहिले दैनिक तीनसय बढीले आयुर्वेद पद्धतीबाट उपचार गराउदै आएका छन् ।

२०३८ सालमा स्थापना भएको उक्त कार्यालय अन्तर्गत रहेर इलामको मंगलबारे , इलाम बजार जमुना र एकतप्पामा सेवा संचालन गर्दै आएको छ । कार्यालयको सेवा बिस्तार गर्न इलामको माईजोगमाई गाउँपालिका , रोङ गाउँपालिका र माई नगरपालिकामा कार्यालय संचालन गरि थप सेवा बिस्तार गर्ने तयारी थालिएको छ ।

Leave a Reply

Your email address will not be published.