इलाम नगरपालिकामा अपाङ्गता भएका दुईसय जनालाई सहायक सामग्री वितरण

Breaking News Hot News Special News Trending प्रदेश संस्करण समाज

इलाम: इलाममा अपाङ्गता भएका दुईसय जना व्याक्तिलाई सहायक सामग्री वितरण गरीएको छ । इलाम नगरपालिका नगर अपाङ्गता समन्वय समितिले नगरपालिकाका अपाङ्गता भएका झण्डै दुई सय जनालाई सहायक सामग्री वितरण गरेको हो ।
२८ औं अपाङ्गता दिवशको अवसरमा नगरपालिकाले एक सय ९४ जनालाई श्रवण यन्त्रदेखि ह्वील चियरसम्मका सामग्री वितरण गरेको छ । गौतम बुद्ध सभागृहमा आयोजित कार्यक्रममा नगरपालिकाका सबै वडाका अपाङ्गगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको हो । कार्यक्रममा ११ जनालाई श्रवण यन्त्र, २ जनालाई वाल्कर, ३४ जनालाई लौरो ३४ जनालाई, बैसाखी १ जनालाई, सेतो छडी ३ जनालाई, ह्वीलचियर ९ जनालाई, ट्वाइलेट चियर १५ जनालाई, ब्रेल पेपर १६ जनालाई र न्यानो जुत्ता २७ जनालाई वितरण गरिएको थियो । यसरीनै अपाङ्गता भएका ६४ जना विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरिएको थियो । १९९३ डिसेम्बर ३ देखि विश्वभर अपाङ्गता दिवश मनाउन शुरु गरिएको हो । यस वर्ष दिगो विकासका् लक्ष्य अपाङ्गता मैत्री भविष्य भन्ने नाराका साथ विश्व भर २८ औं अपाङ्गता दिवश मनाइयो । यो दिवश नेपालमा पनि सप्ताह व्यापी रुपमा मनाइयो ।
जनगणना २०६८ अनुसार नेपालमा कूल जनसंख्याको दुई प्रतिशत अर्थात छ लाख अपाङ्गता भएका व्यक्ति छन् । संयुक्त राष्ट्रसंघका अनुसार नेपालमा पछिल्लो पाँच वर्षमा १९ हजार ६४० जना दुर्घटनामा गम्भीर घाइते भएका छन् । त्यसमध्ये अधिकांश अपाङ्गता भएका छन् ।

Leave a Reply

Your email address will not be published.