प्याङ प्राथमिक स्वस्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा शुरु , गाउँपालिका अध्यक्ष राईद्धारा उद्घाटन

Breaking News Mukya Samachar Special News Trending प्रदेश संस्करण प्रमोसन स्वास्थ्य/शिक्षा

डम्बर निरौला ,माईजोगमाई:


माईजोगमाई गाउँपालिको वडा नं ६ प्याङमा एक कार्यक्रमका बिच एक्सरे र भिडियो एक्सरे मेसिनको गरिएको छ ।प्याङ प्राथमिक स्वस्थ्य केन्द्रको आयोजनामा सोमबार २ वटा मेसिनको उद्घाटन भएको हो । माईजोगमाई गाउपालिका वडा नं ६ का वडाध्यक्ष भवानी प्रसाद लिङदमको अध्यक्षतामा भएको कार्यक्रम माईजोगमाई गाउँपालिकाका अध्यक्ष जित बहादुर राईले दुवै मेसीनको एकसाथ उद्घाटन गर्नु भयो ।

मेसीन उद्घाटन गर्दै अध्यक्ष राईले गाउँपालिका बासीलाई स्वाथ्यमा पहँच पुग्ने गरी काम गर्न स्वाथ्यकर्मीलाई आग्रह गर्नु भयो । उहाले माईजोगमाई गाउँपालिका सँगै छिमेकी संन्दकपुर गाउँपालिकालाई समेत उक्त सेवाले टेवा पुगेको बताउनु भयो ।

स्थानीयले एक्सरे गर्नकै लागि आगामी दिनमा झापाको बिर्तामोड जानु नपर्ने स्वस्थ्य संयोजक राम शंकर देवले बताउनु भयो । दैनिक २० देखी ३० जना सम्म बिरामीले सेवा लिईरहेको प्याङ प्राथिक स्वस्थ्य केन्द्रमा एक्सरे मेसिन जडान भएपछि उक्त क्षेत्रका स्थानीयलाई स्वास्थ सेवामा थप टेवा पुगेको छ ।

प्याङ प्राथमिक स्वस्थ्य केन्द्र १५ शैयाको बन्दै गरेको समेत अध्यक्ष राईले बताउनु भयो ।
उक्त कार्यक्रममा कर्मचारी समायोजन पछि आएका स्वस्थ्य कर्मीहरुलाई स्वगत गरिएको थियो । प्याङ क्षेत्रमा काम गर्ने स्वस्थ्य स्वंयमसेविकाहरुलाई सोही कार्यक्रमको अवसरमा छाता समेत बितरण समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.