मेचीनगर महोत्सवमा इलामको केशर

Breaking News Hot News Special News Trending पर्यटन प्रदेश संस्करण प्रमोसन


मेचीनगर : इलामको थुम्के र जौबारीमा उत्पादित केशर धुलावारीमा आयोजना हुने महोत्सवमा विक्री हुने भएको छ ।

सन्दकपुर–५ जौबारीस्थित जौबारी मल्टिपरपोज एग्रीकल्चर एन्ड इन्भाइरोेमेन्ट सेन्टरले तेस्रो अन्तर्राष्ट्रिय व्यापार, औद्योगिक तथा पर्यटन महोत्सवमा केशरको छुट्टै प्रदर्शनी कक्ष ९स्टल० राखेर विक्रीको योजना बनाएको संस्थाका अध्यक्ष वीरबहादुर कटुवालले जानकारी दिए ।

प्रति किलोग्राम केशरको ८ देखि १० लाख रुपैयाँ बजार मूल्य रहेको छ । केशरको नेपालमै पहिलोपल्ट व्यावसायिक उत्पादन गरेको उक्त संस्थाले उपभोक्ताहरुका लागि महोत्सवमा रु। ३०० देखि ६०० सम्मको प्याकमा केशर विक्री गर्ने उनले बताए ।

स्वास्थ्यका लागि अति लाभदायक केशरलाई यार्सागुम्बा जत्तिकै औषधियुक्त र महँगो जडिबुटी मानिन्छ । महोत्सवमा विक्री गरिने केशर पूर्ण अग्र्यानिक र ताजा भएको उनले जानकारी दिए । यही कात्तिकमा बोटबाट केशर सङ्कलन गरिएको थियो ।

महोत्सवमा केशर मुख्य आकर्षण हुने उनको दावी छ । गत वर्ष विर्तामोडमा आयोजित यस्तै महोत्सवमा मार्सी चामलको स्टल आकर्षणको केन्द्र बनेको थियो । केशरले त्यस्तै आकर्षण पैदा गर्ने सम्भावना छ । केशरलाई दुध, मिठाइ र मासुमा मिसाएर खाने चलन छ । गर्भवती, सुत्केरी र पाकाहरुलाई केशर खुवाउँदा अति राम्रो हुने अध्ययनहरुले सावित गरिसकेको छ ।लोकतन्त्र पोष्टबाट

Leave a Reply

Your email address will not be published.