इलाम नगरपालिका ७ मा फनपार्क बन्ने

Breaking News Hot News Special News Trending पर्यटन प्रदेश संस्करण प्रमोसन

इलाम:
इलाम नगरपालिका ७ मा फनपार्क ÷ चिल्ड्रेनपार्क निर्माण हुने भएको छ । उक्त पार्क निर्माणका लागि इलामनगरपालिका र नगर विकास कोषबीच इलामनगरपालिका वडा नं. ७ मा फनपार्क ÷ चिल्ड्रेन पार्क निर्माणका लागिऋण सम्झौतामा हस्ताक्षर भएको हो ।
सहमती पत्रमा इलामनगरपालिकाका नगर प्रमुख महेश बस्नेत तथा कोषका कार्यकारी निर्देशक मनिराम सिंह महतले सम्युक्त हस्ताक्षर गरेका हुन । अनुमानित कुललागत ४ करोड ७९ लाख रहेको आयोजनाको ७० प्रतिशतले हुनआउने रकम रु ३ करोड ३५ लाख ३० हजार रकम कोषले २ वर्ष सहुलियत अवधि सहित २० वर्षका लागि ऋणउपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।
दुई वर्षमा सम्पन्न भइसक्ने उक्त आयोजनामा नगरपालिकाले लागतको ३० प्रतिशत हुन आउने रकम रु १ करोड ४३ लाख ७० हजार वेहोर्ने सम्झौतामाउल्लेख छ ।

Leave a Reply

Your email address will not be published.