इलाममा एक रुपैयाँमा पर्यटकलाई बास

इलाममा एक रुपैयाँमा पर्यटकलाई बास


फिक्कल :
सन २०१९ को अन्तिम दिन मंगलबार इलाम बजारमा जापानी पर्यटक युकीड मितामुरा एक रुपैयामा बास बसेका छन ।
होटल ब्यवसायी संघ इलामले भ्रमण बर्षलाई लक्षित गरी अघि सारेको योजना अनुसार इलामको चियाबारी कटेजमा होटल बुक गर्न पुगेका जापानी पर्यटक मितामुराले एक रुपैयामा १ रात खाने र बस्ने अवसर पाउनु भएको हो ।
इलामका होटल ब्यवसायी थेवा तामाङले संचालन गर्नु भएको कटेजमा पर्यटक मितामुराले मंगलबारको रात बिताउनका साथै दुई छाक खाना समेत निशुल्क ब्यवस्था गरिएको संचालक तामाङले बताउनु भयो । तामाङले भन्नु भयो ‘ होटल ब्यवसायीको नाताले बिदेशी पर्यटकलाई आफुले स्वागत गर्न पाएकोमा खुसी छु ।’ जापानी पर्यटक मितामुराले पर्यटन भ्रमण बर्षको अवसरमा इलाममा पाएको आतिथ्यतता कहिल्यै नभुल्ने बताउनु भयो ।
हेटल ब्यवसायी संघ इलामका अध्यक्ष देवि पौडेलका अनुसार अन्य तीन जना पर्यटकलाई पनि अन्य होटलमा रु १ मै खाने बस्ने ब्यवस्था गरिएको छ ।

जापानी पर्यटक मितामुरा संग तस्विर खिचाउदै होटल संचालक थेवा तामाङ