करफोक मा‍ध्यमिक विद्यालयको विगत, बर्तमान र भविष्य

करफोक मा‍ध्यमिक विद्यालयको  विगत, बर्तमान र भविष्य

डिल्ली लुईटेल:

परिचय


इलाम जिल्लाको पूर्वी भाग सूर्योदय नगरपालिका अन्तरगत चारआली इलाम राजमार्गसँग जोडिएको अति रमणीय स्थानमा स्थापना भइ विगत ७० वर्षदेखि शिक्षाको ज्योति छरिरहेको करफोक विद्या मन्दिर अहिले सम्म अनवरत रुपमा विविध आरोह अवरोहका वीच निरन्तर शिक्षा प्रदान गर्ने कार्यमा सतिसाल झै अटल रहेको छ । वि।स।१९५० को दशकमा भारतको उत्तरी क्षेत्र गढवालबाट संस्कृतका गुरु भीष्म शास्त्री सोमेश्वरानन्दले यस पुण्यभूमीमा पाइलो टेकेर यसै क्षेत्रमा कुटी बनाइ समाजलाई शैक्षिक, नैतिक,चारित्रिक तथा पारमार्थिक ज्ञान९ मार्गदर्शन० दिने अभियानमा समर्पित भए पछि नै यो क्षेत्रमा शैक्षिक अभियानको शुरुवात भएको पाइन्छ । स्वामी सोमेश्वरानन्दले बनाएको कुटी जंगल जुन हालसम्म यथावत नै छ जहाँ स्वामी जीको योगसाधना गर्ने कुटी गुफा, गौशाला, पाहुना घर, पाकशाला आदि पछि विस २००९ साल सम्म यथावत रहेको कुरा अग्रजले बताउछन् । स्वामी सोमेश्वरा नन्दले मानवहीतका लागि यस करफोक कुटी जंगलमा संचालन गर्नु भएका बहुपक्षीय कार्यक्रमका लागि यसै क्षेत्रका चार प्रमुख थरीहरु कृष्णलाल अधिकारी सुन्तले, विजयराज ढुँगाना याँग,सुन्दरसिँह लेप्चा आइतवारे तथा पृथसिँह राई मलिमले हाल करफोक विद्या मन्दिरले आफ्नो स्वामीत्वमा लिएको करीव ५०० रोपनी जग्गा सो समयमा स्वामीजीका चन्द्र गौशालाका गाइ चरण तथा वरिपरि गाउँ समाजका गाई बस्तुका लागि गौचरण तथा सन्धि सर्पन राख्न लागि व्यवस्था गरीदिएको कुरा वि।स। १९८४ मा लेखि दिएको बन्देजनामाको कागजले विद्या मन्दिरलाई जग्गा स्वामीत्वमा ल्याउन आधार प्रदान गरेको देखिन्छ ।

शैक्षिक इतिहास


स्वामी सोमेश्वरानन्दले वि।स। १९५०/६० को दशकबाट नै यस क्षेत्रमा संस्कृत शिक्षाको शुरुआत गर्नु भएको देखिन्छ । स्वामी आफै पनि संस्कृतका विद्वान भएको र केही अन्य विद्वानलाई बोलाइ तिनीहरुबाट शिक्षा दिक्षा दिने प्रबन्ध गरीदिनु भएको थियो । यही आश्रममा बसी विद्या आर्जन गर्नेहरु मध्य केही भारतको बनारस गइ पण्डित भएका र केही कर्मकाण्ड गरी समाजमा रहेको इतिहास पाइन्छ । स्वामी जीको यस आश्रममा सवै वर्ग समुदायका मानिसहरु आशिर्वादका लागि नियमित रुपमा आउने गर्थे । आफ्नो तपस्याको अन्तिम चरणतिर यस करफोक क्षेत्रको अतिरिक्त फिक्कल र पशुपतिनगरमा समेत आश्रम, विद्यालय, पुस्तकालय निर्माण गरी स्वामीजीले जनचेतना जगाउने कार्य गर्नु भएको थियो ।

लगभग पाँच दशक सम्म करफोकलाई मुल थलो बनाई यसको आसपासका समुदायलाई अध्यात्मिक,सामाजिक,शैक्षिक, नैतिक आदि विषयमा ज्ञानको ज्योति फैलाएर वि।स। १९९९ साल बेशाखमा स्वामी जी परलोक हुनु भयो । स्वामीजीको निधन पछि वि स १९९९ श्रावणमा सुन्तलेका थरी कृष्णलाल अधिकारीले श्री ३ लाई लेखेको विन्ति पत्रमा करफोकमा मासिक २५। र मासिक २० खाने गरी २ जना पण्डितको व्यवस्था गरीदिन अनुरोध गरेबाट सो समयबाट नै संस्कृत शिक्षाको सुरुआत भइ सकेको अवस्था देखिन्छ ।
वि।स २००३ साल सम्म फिक्कलमा चन्द्र पाठशाला नामले संस्कृत शिक्षाको शिक्षाको पढाइ भएको र सोही चन्द्र पाठशाला पछि ग्एर चन्द्र मिडिल स्कूलको रुपमा परिणत भएको देखिन्छ । इलामका अग्रज व्यक्तिहरु ताना शर्मा, खगेन्द्रनाथ शर्मा, पासाङ गोपर्मा तथा बीरेन्द्र खुँजेलीहरुले सोही मिडिल स्कुल पढ्नु भएको थियो । वि।स। २००७ सालको राजनैतिक परिवर्तन पछि फिक्कलमा रहेको मिडिल स्कुललाई करफोकमा स्थापना गरी फिक्कलमा चाहि कक्षा ३ सम्मको प्राथमिक स्कुल संचालन गर्ने निर्णय भए अनुसार विधिवत रुपमा करफोकमा विद्यालय स्थापनाको कार्य भयो जुन विद्यालय नै अहिलेको करफोक विद्या मन्दिर मा। वि हो । यसैबेला गठन भएको अन्तरीम सरकारका प्रधानमन्त्री मातृका प्रसाद कोइराला, गृहमन्बी विश्वेश्वर प्रसाद कोइराला,नाटककार बालकृष्ण सम लगायतले यो मिडिल स्कुलको निरीक्षण भ्रमण गर्नु भएको थियो ।

वि.स.२००८ सालमा भाषाशास्त्री महानन्द सापकोटाको अध्यक्षतामा गठीत नेपाली भाषा प्रचारक संघले आफ्नो केन्द्रीय कार्यालय करफोकमा नै स्थापना गरी भाषा र साहित्य विकासका लागि ठूलो पयत्न गरेको देखिन्छ ।यही संस्थाको आयोजनामा नेपालको चालु शिक्षालाई सुधारात्मक परिवर्तन गर्ने अभिलाषाले वि।स।२००९ सालमा सरकारी प्रतिनीधि सहितको एउटा ठुलो विद्घत भेला करफोकमा सम्पन्न भयो । यस भेलालाई प्रथम कवि सम्मेलनको नामाकरण गरीयो । यस भेलामा कवि शिरोमणी लेखनाथ पौडेल,महान नाटककार बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, धरणीधर कोइराला, सूर्यविव्रmम ज्ञवाली, पारसमणी प्रधान, ईश्वर बराल, शंकर लामीछाने,परशुराम रोका, पुण्यप्रभा ढुँगाना,चन्दकान्ता मल्ल,दीर्धराज कोइराला, देवी प्रसाद उप्रेती, धर्मप्रसाद ढकाल लगायतका विद्घान तथा समाजसेवीको उपस्थिति रहेको थियो । यस भेलाले यो पुन्यभूमीमा उभिएर नमूना पाठ्यव्रmम तयार गर्ने र सोही अनुरुपको शिक्षा व्यवस्थालाई स्थापित गर्ने विषयमा व्यापक छलफल गर्यो । यस भेलाले एउटा शैक्षिक क्रान्तिकेै रुपमा शिक्षा पद्धतिमा परिवर्तन गर्न करफोक शिक्षा पद्धति विकास गर्ने र नेपालको पूर्वीक्षितिजबाट देशभर लागु गर्ने गरी करफोकलाई शुरुवातको विन्दु बनाउने प्रस्ताव समेत पास गरेको थियो साथै करफोकबाट नै शुरुआत गर्ने गरी सोही समयमा कवि शिरोमणी लेखनाथ पौडेलको बाहुलीबट करफोक विद्या मन्दिरको मुख्य भवनको शिलन्यास समेत गराइएको थियो । कविले शिलन्यास गरेको यही भवन नेपाल भाषा प्रचारक सधको अगुवाइमा निर्माण सम्पन्न भइ वि।स।२०१० सालमा तत्कालिन युवराज महेन्द वीर विक्रम शाहदेवबाट उद्धाटन गराइ मिडिल स्कूलका लाई नयाँ भवनमा स्थानान्तर गरी माध्यमिक तह सम्मको पठन पाठनको व्यवसथा गरियो । यही बिन्दुबाट बर्तमान करफोक विद्या मन्दिरको स्थापनाको इतिहास शुरु भइ हाल यसले माध्यमिक विद्यालयको रुपमा ६६ बसन्त पार गरी सकेको छ । करफोक विद्यामन्दिर मा।वि बनाउने शुरुआती कार्यमा नरेन्द्रनाथ बाँस्तोलाको योगदानलाई यहाँ स्मरण गर्न जरुरी छ ।
वि.स. २०१० साल पछि माध्यमिक विद्यालयको स्वीकृत पाए पछि शुरुका दिनमा स्नातक गरेको व्यक्ति प्रधानाध्यापक चाहिने भएकोले दार्जिलिँगबाट इन्द्रबहादुर राईलाई ल्याएर यस मा वि मा पहिलो प्रधानाध्यापक बनाइएको थियो । वि।स। २०१२ सालमा यस विद्यालयले पहिलोपटक एस एल सी परीक्षामा समावेश ७ जना विद्यार्थी उत्तीर्ण गराएको थियो । २०१२ साल देखि हाल सम्म ६४ व्याजले प्रवेशिका परीक्षा उतीर्ण गरेको इतिहास यस विद्यालयसँग छ ।
वि।स २०१० सालमा स्थापना भएको विद्यालय वि.स. २०१९÷२० को शैक्षिक सत्रदेखि अमेरीकी सहयोगमा जिल्लाको एक मात्र व्यवसायिक स्कूलको रुपमा कृषि, सचिवालय विज्ञान, औधोगिक शिक्षा र गृहविज्ञानको पढाइका साथ करफोक बहुमुखी विद्या मन्दिरको नाममा संचालित रह्यो । वि।स।२०३० सालमा इलाममा राष्ट्रिय शिक्षा पद्धतिको योजना लागु भएपछि यस करफोक बहुमुखि विद्या मन्दिरको नाम करफोक व्यवसायिक माध्यमिक विद्यालय कायम रह्यो । वि।स। २०३६ सालमा यो विद्यालय नमूनाको रुपमा छनौट भइ करफोक नमूना व्यवसायिक माध्यमिक विद्यालयको रुपमा रुपान्तरण भयो । वि।स। २०४० सम्म यस विद्यालयका विद्यार्थी इलाममा गएर एसएलसी परीक्षा दिने गरेमा वि।स। २०४० देखि यही विद्यालयमा एसएलसी परीक्षा केन्द्र कायम भयो । वि।स। २०४९ देखि १०ं२ संचालनमा आयो भने पूर्वान्चल विश्वविद्यालयको सम्बन्धनमा वि।स।२०५९ देखि करफोक बहुमुखी क्याम्पसको नामबाट स्नातक तहको पढाइ शुरु भयो । यसरी यस विद्यालयको शैक्षिक इतिहास हेर्दा यो विद्यालय इलाम जिल्लाको एउटा अग्रणी शैक्षिक संस्थाको रुपमा परिचित छ ।

बर्तमान अवस्था


विगतको स्वर्णिम इतिहास बोकेको हालको करफोक विद्या मन्दिरमा स्वीकृत भएका कक्षा १—१० साधारण धार र ९—१२ प्राविधिक धारको बाली विज्ञान विषय स्वीकृत भइ ््््््संचालन भइरहँदा समेत सवै तहमा गरी जम्मा २९ जना शिक्षक र ४७० जना विद्यार्थी बोकेर बाँचेको अवस्था छ । गुणस्तर र विद्यार्थी संलग्नताको अवस्था हेर्दा अन्य विद्यालयको भन्दा राम्रो अवस्था भन्न सकिने अवस्था छैन । विगत ३० बषर््ादेखिको शैक्षिक सक्षमता हेर्दा राष्ट्रिय मापदण्ड भन्दा धेरै न्युन र जिल्लाको शैक्षिक उपलब्धिको सूचकमा समेत कमजोर सावित भएको छ । ५०० रोपनी आफ्नो स्वामीत्वमा रहेको जग्गा, जग्गामा हुर्केका करौडौ मुल्यका सल्लाका रुख, विद्यालय संचालनका लागि तयार भएको भौतिक पूर्वाधारको सही प्रयोग भइ स्तरीय शिक्षा संचालन हुन सकेको भए नेपालको पहिलो स्तरीय स्कूल बन्न सक्ने संभावना अहिले पनि जीवित छ । विद्यालयको व्यवस्थापनको क्षेत्रमा दर्विलो र सहीदृष्टिकोण निर्माण गर्ने र स्तरीय शिक्षा दिने हो भने नजिकका दार्जिलिङ, खरसाङ, कालिम्पोङका विद्यालयलाई छाँयामा पार्न सक्ने क्षमता छ । यति हुदाहुदै पनि राष्ट्रले बर्तमानमा अवसर दिएर नमूना स्कूल बनाउने कार्यव्रmममा यो विद्यालय समावेश हुन नसक्नु साह्रै दुखद अवस्था हो । अब इतिहासका गौरवका कुरा गरेर बर्तमानमा केही नगरे भविष्य अन्धकार बन्ने जस्तो निश्चित छ । यो विद्यालय भन्दा कमजोर अवस्था भएका विद्यालयहरु अहिले कहाँ पुगे हामाी कहाँ छौ यसको मूल्याँकन गर्ने हो भने हामी सवैलाई लज्जाबोध हुनु पर्छ ।

यस विद्यालयको शिक्षा लिएर राष्ट्रको उच्च ओहोदामा पुगेका अग्रजले विद्यालय विकास होस भन्ने चाहेका छन् तर उपयुक्त दृष्ट्रिकोण सहितको कुशल व्यवस्थापन हुन नसक्दा सुधारको कुनेै गुन्जयास देखिएको छैन । यस क्षेत्रमा धुम्न आउने विद्वानहरुले हाम्रो असक्षता माथि प्रश्न गरेका छन् । यदि यो सम्पति र भौतिक संरचना कुनै व्यक्तिको हातमा भएको भए बुढानीलकण्ठ, गण्डकी आवासीय मा।।वि। जस्ता स्कुललाई छाँयामा पारी देश र विदेशबाट सयौ विद्यार्थीको शैक्षिक गन्तब्यको रुपमा विकास गरीसक्ने अवस्था रहने थियो ।

विद्यालय विकासका अवसर


-भौगोलिक दृष्टिकोणले इलाम जिल्लाको सुन्दर रमणीय स्थानमा रहेको ।
– विद्यालयसँग प्रशस्त जग्गा भवन र शैक्षिक संरचना रहेको ।
– विगतको शैक्षिक विकासको इतिहासलाई आत्मसाथ गरेको ।
(नेपाल सरकारको नीति सामुदायिक विद्यालयको विकासमा केन्द्रित रहेको ।
(स्थानीय सरकार विशेषत नगरपालिका विद्यालय विकास गर्नु पर्ने अठोट लिएर लागि परेको ।
(यस क्षेत्रका राजनीतिक नेतृत्व करफोकको सुन्दर भविष्य निर्माणका लागि निरन्तर प्रयासरत रहेको ।
– करफोकको शैक्षिक उन्नयनको एजेण्डामा एकमत रहेको ।
(यस क्षेत्रका अग्रजहरु आफु पढेको विद्यालय देशकै उत्कृष्ट बनाउन पाए हुन्थ्यो भन्ने सकारात्मक भावना व्यक्त गरी रहेको ।
(बर्तमानमा शिक्षा विकासका लागि प्रशस्त सहयोगी हातहरु व्रिmयाशील रहेको ।
(जनधनत्वका दृष्टिकोणले उच्च स्तरीय विद्यालय चल्न सक्ने र सवैको केन्द्रमा रहेको ।
(यस क्षेत्रका अभिभावकको चाहाना यस भेगमा स्तरीय विद्यालय संचालन गर्न सके हुने भन्ने भावना रहेको ।
(जन चेतना तथा आर्थिक दृष्टिले सक्षम जनसमुदाय रहेको ।

विद्यालय विकासका चुनौति


– नीतिगत , योजनागत , कार्यव्रmमगत स्पष्टता ल्याउनु पर्ने
– तय भएको भावी कार्यव्रmममा कुशल नेतृत्वको खोजी र जिम्मेवारी दिने विषय
– विद्यालय विकासमा सरकारी तथा गैह्र सरकारी पक्षको निरन्तर संलग्नताको ग्यारेन्टी
(बर्तमानमा सरकारी तहबाट कार्यरत शिक्षकहरुको उचित व्यवस्थापन , जिम्मेवारी बाँडफाँट तथा परिवर्तित सन्दर्भमा संलग्नताको विषय ।
– विद्यालयको दुरदृष्टि निर्माण र लगानीको ग्यारेन्टी ।

सुधारको संभाब्य बाटो


नेपाल सरकारको शिक्षा नीतिमा नयाँ विद्यालय स्थापना गर्दा गैह्र नाफामुलक रुपमा नीजि तथा सार्वजनिक गुठीका रुपमा विद्यालय संचालन गर्न सक्ने प्रावधान रहेको छ । तर स्थापित सामुदायिक विद्यालय जसलाई सरकारले सालबसाली सरकारी खर्च प्रदान गरी शिक्षकहरु व्यवस्थापन गरी सकेको छ त्यसता विद्यालयलाई यो कानुन अनुसार ट्रष्टको रुपमा संचालन गर्न सक्ने अवस्था देखिँदैन । प्रचलित कानुनको परिधि भित्रै रहेर विद्यालय संचालन गर्दा तपशीलका विकल्पमा छलफल गरी उपयुक्त बाटो पहिल्याउन बान्छनीय देखिन्छ ।
व्यवस्थापन सम्बन्धमा
– यस विद्यालका उत्तीर्ण गरेका पूर्व विद्यार्थीहरुको एलमुनाइ बनाउने ।
– अभिभावकहरूको विद्यालयगत र कक्षागत समिति बनाउने ।
– विद्यालय संचालन र व्यवस्थापनका लागि ट्रस्टी बनाउने । जसमा एलमुनाइबाट एक जना, अभिभावकबाट एक जना, नगरपालिकाबाट एक जना, मनोनित शिक्षाविदरसमाजसेवीरउद्योगीबाट गरी जम्मा २ जना र प्रधानाध्यापक सदस्य सचिव रहने व्यवस्था गर्ने, अध्यक्षको नियुक्ति नगर कार्यपालिकाले गर्ने । यो अविछिन्न रहने संस्थाको रूपमा कायम गर्ने ।
– ट्रस्टीलाई सम्पत्ती व्यवस्थापनको मात्र जिम्मा दिने । जग्गा जमीन विक्री गर्न नपाउने तर परिचालन गर्न सक्ने व्यवस्था गर्ने ।
– ट्रस्टी अन्तर्गत विद्यालय व्यवस्थापन समिति गठन गर्ने । यसको मुख्य कार्य योजना तर्जुमा गर्ने, स्वीकृत योजना अनुरुप कार्यान्वयनका लागि सहजीकरण गर्ने, शिक्षक विकासमा समन्वय गर्ने आदि जस्ता कार्यमा जिम्मेवार बनाउने ।
शिक्षक व्यवस्थापन
– प्रधानाध्यापक कार्यसम्पादन सम्झौता बमोजिम ल्याउने । विद्यालय व्यवस्थापन समितिले उपयुक्त विधि ९ट्रस्टी० को स्वीकृत नीति अन्तर्गतबाट छनोट गर्ने ।
– शिक्षकहरूले प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गर्ने ।
– यस अवधारणामा अहिलेका शिक्षक बस्न नचाहेमा उनीहरूलाई नगरपालिकाले अन्यत्रका विद्यालयमा स्थानान्तरण गर्ने

स्रोत व्यवस्थापन


– नगरपालिकाले निशर्त र सशर्त अनुदानबाट अनुदान दिने । क्रमश एकमुष्ठ अन्दानमा जाने पद्धति अवलम्वन गर्ने ।
– शिक्षक सुविधाका लागि दिगो खाकारढाँचा तय गर्ने ।
– शिक्षक छनोटका लागि स्वतन्त्र विज्ञ सम्मिलित समिति बनाउने ।
– गुरुयोजना निर्माण गर्ने ।
– आवाशिय व्यवस्था गर्न पहल गर्ने । शिक्षक आवासको व्यवस्था गर्ने ।
– शिक्षकलाई प्र।अ। प्रति, प्र।अ। लाई वि।व्य।स। प्रति, वि।व्य।स। बोर्ड अफ ट्रस्टीप्रति र बोर्ड अफ ट्रस्टी नगरपालिकाप्रति जवाफदेही बन्ने विधि बनाउने ।
– सुरुमा कक्षा ९ पछि सुरु हुने व्यावसायिक शिक्षामा विविधिकरण गरी त्यसमा स्थानीय क्षेत्ररतहभन्दा बाहिरबाट पनि विद्यार्थी ल्याउने अवधारणाबाट कार्यक्रमका बारेमा जोड दिने
– आइसिटीका बारेमा एलमुनाइलाई अनुरोध गर्ने । अन्तु न्यूजबाट