तमोरमा माझीले भेट्टाएको शव ताप्लेजुङकी मन्दिराको हुन सक्ने अनुमान

Breaking News Hot News Mukya Samachar Special News Trending अपराध प्रदेश संस्करण समाज

ताप्लेजुङ: तेह्रथुम स्थित तमोर नदीको फाक्चुवा दोभानको सेती वगरमा एक महिलाको शव फेला परे पछि दुई दिन देखि उक्त स्थानमा तेह्रथुम प्रहरी शवको सुरक्षा दिएर वसिरहेको छ । इलाका प्रहरी कार्यालय आठराई तेह्रथुमका इन्सपेक्टर शेशकराम थाम्दारका अनुसार माछा मार्ने क्रममा पाँचथरको सिम्लेका धनवहादुर माझीले उक्त शव फेला पारेका थिए ।

सेती वगरमा महिलाको शव फेला परेपछि उनले प्रहरीलाई त्यसको जानकारी गराए । त्यसपछि शव भएको स्थानमा पुगेका तेह्रथुम स्थित इलाका प्रहरी कार्यालय आठराई मातहतका प्रहरीहरु नदी किनारमा शवको सुरक्षा गरेर वसिरहेका छन् । उक्त शव महिना दिन अघि देखि बेपत्ता ताप्लेजुङको आठराई त्रिवेणी गाँउपालिका फूलवारी चोकपुरकी मन्दिरा अधिकारीको भएको हुन सक्ने अनुमान सहित मन्दिराको परिवार ताप्लेजुङ प्रहरीको साथमा हिजो शव भएको स्थान तर्फ लागेको थियो । तर राती भएकोले उनीहरु हिजो शव भएको स्थान सम्म पुग्न सकेनन् ।

पुसको ठन्डीमा भएको वर्षाले शव भएको स्थान सम्म पुग्न उनीहरुलाई थप चुनौती सिर्जना गरेको थियो । जसकारण रातभर गोठमा वसेर मन्दिराको परिवार र ताप्लेजुङ प्रहरी टोली अहिले विहान शव भेटिएको स्थान तर्फ लागेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले वताउनुभयो । मृतक महिलाको हातमा एउटा चुरा रहेकोले त्यहि चुराको आधारमा परिवारले शवको पहिचान गर्न सक्ने अनुमान गरिएको छ । मृतकको अनुहार भने पहिचान गर्न सक्ने अवस्थामा छैन । एक महिना देखि वेपत्ता मन्दिराको हत्या गरेर उनलाई तमोर नदीमा फालेको हाल प्रहरी हिरासत ताप्लेजुङ मा रहेका हाङपाङका रमेश अधिकारीले स्विकारी सकेका छन् । रमेशले मन्दिराको हत्या गरिसकेको वताए पछि ताप्लेजुङ, पाँचथर,तेह्रथुम र धनकुटाका प्रहरी र स्थानीय वासिन्दा दिनहँ नै तमोर नदीमा पुग मन्दिराको शवको खोजी गरिरहेका थिए ।

मन्दिराको जिवित रहदाको तस्विर

मन्दिराको हत्या आफुले नै गरेको भनेर स्विकारीसकेका रमेशलाई मन्दिरा बेपत्ता भएको २३ दिन पछि अर्थात् गत पौष ९ गते हाङपाङ स्थित उनकै घरवाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको छ । रमेश र मन्दिरा नाताले दाजुवहिनी पर्छन् । उनीहरु सँग तिहारमा लगाएको भाईटिकाको गहिरो भावनात्मक सम्बन्ध समेत थियो । गत मंसिर
१७ गते फूलवारी स्थित आफ्नै घरवाट बेपत्ता भएकी मन्दिरालाई रमेशले घरैवाट अपहरण गरि लगेर बलात्कार पछि मारेर तमोरमा फालेको हुन सक्ने मन्दिराका परिवारको आरोप छ ।

Leave a Reply

Your email address will not be published.