सूर्योदयका जनप्रतिनिधि संग पर्यटनका संभावना खोज्दै प्रदेश एक सरकार

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश संस्करण समाज


फिक्कल :
भ्रमण बर्षको शुरुवात संगै प्रदेश एक सरकारले स्थानीय सरकार संग पर्यटकीय संभावना र प्रवर्धनका बिषयमा छलफल कार्यक्रम संचालन गर्न थालेको छ । प्रदेश १ सरकारको उद्योग पर्यटन तथा वातावरण समितिले शुक्रबार सूर्योदय नगरपालिकाका जनप्रतिनिधि संग छलफल गरेको हो ।
समिति सभापती सिता थेवेको अध्यक्षता तथा एक नम्बर प्रदेशकी उप सभामुख सरस्वती पोखरेलको प्रमुख आतिथ्यततामासूर्योदय नगरपालिकामा भएको कार्यक्रममा यस क्षेत्रको पर्यटकीय संभावनाको बिषयमा जनप्रतिनिधि संग छलफल गरेको छ ।
छलफल कार्यक्रममा बोल्दै उप सभामुख पोखरेलले प्रदेश एक सरकारले कृषि र पर्यटनलाई प्राथमिक्तामा राखेर काम गरिरहेको जानकारी दिनु भयो । उहाले प्रदेश सरकारले पर्यटकीय क्षेत्रको बिकासका लागि आवश्यक बजेटको समेत ब्यवस्था गर्ने बताउनु भयो । उहाले भन्नु भयो ‘जुन ठाउमा जे कुराको संभावना छ त्यहि गर्ने हो ।’
कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष कासीराज दाहालले संबैधानीक लोकतान्त्रिक प्रणालीमा सांसद र संसदीय समितिको भूमीका बिषयमा कार्यपत्र प्रस्तु गर्नु भएको थियो । कार्यपत्र प्रस्तु गर्दै अध्यक्ष दाहालले आफनो कार्यक्षेत्र र भूमीका नबुझदा कतिपय स्थानीय सरकारले गर्नु पर्ने काम समेत गर्न नसकी रहेको बताउनु भयो । उहाको कार्यपत्र माथी जनप्रतिनिधिले उत्साहजनक रुपमा सहभागीता जनाएर आफना जिज्ञासा राखेका थिए । कार्यक्रममा प्रदेश सांसाद काजीमान कागतेले सूर्योदय नगरपालिकाको थप पर्यटकीय बिकासका लागि आफहरुले प्रदेश सभामा पहल गरिरहेको जानकारी दिनु भयो । उहाले सूर्योदयको कन्याम अन्तु जस्ता क्षेत्रलाई बिशेष पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्ने अवधारण ल्याउनु पर्ने बताउनु भयो ।

सूर्योदयन गर प्रमुख रण बहादुर राईले प्रदेश एककै प्रतिनिधित्व गर्ने सूर्योदयलाई बिश्वमा चिनाउन लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा प्रदेश सांसद राम राना , जिल्ला समन्वय समितिकी उप प्रमुख चित्रकला बराईली , सूर्योदयन गरपालिकाकी उप प्रमुख दुर्गादेबी भट्टराई , वडा अध्यक्ष , कार्यपालिका सदस्य लगायतको सहभागीता रहेको थियो ।
आईतबार उक्त समितिले प्रदेश १ का १४ वटै जिल्लाका जनप्रतिनिधि र पर्यटन संग सरोकार राख्ने संघ संस्था संग सूर्योदय नगरपालिकामा छलफल गर्ने समितिका सचिव जय अधिकारीले जानकारी दिनु भयो । उक्त भेलाले पर्यटन संग सम्बन्धीत घोषणा पत्र जारी गर्ने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.