इलाममा दक्षिण एसियाली दलित मिट–२०७६ हुँने

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश संस्करण समाज


इलाम: इलाममा आगामी माघ २४ र २५ गते दलित जनप्रतिनिधिको प्रदेश नम्बर १ स्तरीय भेला तथा ‘दक्षिण एसियाली दलित मिट–२०७६’ सदरमुकाममा आयोजना हुने भएको छ । भेलामा प्रदेश नम्बर एक भरीका करिब ३५० जना दलित जनप्रतिनिधी सहभागी हुने छन् । दलित समुदायबाट प्रतिनिधित्व गर्ने संघीय सांसद्, प्रदेश सांसद्, जिल्ला समन्वय समिति प्रमुख–उपप्रमुख, सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष र कार्यपालिका सदस्यहरू तथा इलामका सम्पुर्ण दलित जनप्रतिनिधीहरु सहभागी हुनेछन् ।
भेलामा १ नम्बर प्रदेश बाहेक अन्य ६ वटा प्रदेश तथा भारत र भुटानबाटसमेत १ सय आमन्त्रित सहभागी हुने मुल समारोह आयोजक समितीका संयोजक नवराज शंकरले बताए । माघ २४ गते नौमती र झाँकी सहितको ¥याली इलामको रत्नचोकदेखी गौतम बुद्ध सभागृहमा पुग्नेछ । सभागृहमा भेलाको इलाम क्षेत्र नम्बर २ का सांसद सुवासचन्द्र नेम्बाङले भेला उद्घाटन गर्ने तय भएको छ । त्यही अवसरमा नेम्बाङले संविधान र कानुन निर्माणमा दलितका सबालबारे आफ्नो धारणा राख्ने कार्यक्रम गरिएको छ ।
पहिलो दिनको कार्यक्रममा ‘दलित महिलाः अवसर, सम्भावना र चुनौती’ विषयमा सांसद् तथा दलित अगुवाहरू लक्ष्मी परियार, अनिता परियार र दुर्गा सोबबीच बहस हुनेछ । त्यसै दिन ‘दलित युवाः उद्यमशीलता र रोजगारी’ विषयमा नेपाल जेसिसका केन्द्रिय अध्यक्ष अशोक शंकरसंग बहस हुनेछ । साँझ चर्चित रेडियो कार्यक्रम बहकिने मनका संचालक साहित्यकार महावीर विश्वकर्माको एकल साहित्य वाचन कार्यक्रम हुनेछ ।
दोस्रो दिन प्रदेशका १४ वटै जिल्लाका जनप्रतिनिधिका टोलीनेताले स्थानीय तहको समीक्षात्मक अनुभव प्रस्तुति गर्ने तय भएको छ । त्यही दिन ‘नेपालमा जातपात र छुवाछूत’ बारे विश्वभक्त दुलाल ९आहुति०, ‘नेपालको दलित आन्दोलनः विगत, वर्तमान र भविष्य’बारे गणेश विक तथा दलित समुदायः आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको सबाल विषयमा याम किसानले विचार राख्नेछन् । ‘दलित समुदायको समस्या र राज्य’ विषयमा सांसदद्वय छविलाल विश्वकर्मा र मीन विश्वकर्मा तथा विनोद पहाडीबीच बहस हुनेछ । त्यसैगरी दलित समुदायको पेसा संरक्षण र आधुनिकीकरणको बिषयमा ३ जना सफल दलित व्यवसायीहरुसँग बहस हुनेछ । कार्यक्रम समापनसँगै इलाम घोषणापत्र जारी गर्ने आयोजक समितिले जनाएको छ ।
भेला आयोजना गर्न शंकर संयोजक र प्रकाश परियार सदस्य–सचिव रहेको १ सय ५१ सदस्यीय मूल समारोह समितिसहित ९ उपसमिति गठन गरिएको छ । २६ लाख ७५ हजार रुपैयाँ खर्च अनुमान गरिएको भेलाका लागि १ नम्बर प्रदेश सरकार, इलामका स्थानीय तह, संघ–संस्था र सहभागीको दर्ता शुल्कबाट आर्थिक स्रोत संकलन गरिने शंकरले जानकारी दिए । कार्यक्रमको बारेमा आज इलाममा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी प्रदान गरिएको हो ।

Leave a Reply

Your email address will not be published.