लोपोन्मुख पानी गोहोरो संरक्षण नहुँदा संकटमा

लोपोन्मुख पानी गोहोरो संरक्षण नहुँदा संकटमा

इलाम: विश्वमा लोपोन्मुख सुचीमा रहेको पानीगोहोरो बारे संरक्षणमा चासो नदिँदा नेपालबाट लोप हुँदै गएको छ । मानविय अतिक्रमण, खाध्यबालीमा बिषादीको प्रयोग, चोरी निकासीका कारण पानी गोहोरो संकटमा परेको हो ।
हल्का खहिरो रङको हुने पानीगाहोरोलाई स्थानीय समुदायले पानी कुकुर भन्दछन् । सन् २००४ मा गरिएको अध्ययनमा लोपोन्मुख सुचीमा रहेको पानिगोहोरो नेपालको इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लामा पाइन्छ । सन् १९८० देखि २००० सम्म गरिएको अध्ययनमा बढ्दो बन फडानी, मानविय अतिक्रमण र खाध्यबालीमा घातक बिषादीको प्रयोगका कारण लोप हुँदै गएको पत्ता लागेपनि संरक्षणका लागि हालसम्म पनि पहल नभएको हो ।
एक हजारदेखि तीन हजार मिटरसम्म पाइने पानीगोहोरो झ्याउ भएको जंगल, सफा पानी, पोखरीहरु, सीम र स–सना पानीका मुहानमा वर्षातमा बस्ने गरेको अध्ययनकर्ता डाक्टर के आर खम्बुले बताए । वर्षातमा बाहिर देखिने ठकठके हिउँदमा जमिनमुनि दबेर बस्ने गरेको छ । नेपाल, भारत, चिन, म्यानमार र थाइल्याण्ड पाइने यो सरिसृप प्रजाति विश्व कति संख्यामा छ भन्ने अध्ययनकर्ताले यकिन गर्न सकेका छैनन् । नेपाल र भारतमा स्थानीय समुदायले औषधि बनाउन प्रयोग गर्ने पानीगोहोरो म्यानमारमा माछा मार्न प्रयोग हुँदै आएको अध्ययनमा उल्लेख छ । नेपालमा स्थानीयबासीले ठकठके ढाड कम्मर दुखेमा औषधिको रुपमा प्रयोग गर्दै आएको माईपोखरीका कमल मुखियाले बताए ।
विश्वमा पाल्तु जनवारको रुपमा माग बढ्दै गएको पानीगोहोरोको संरक्षणको काम नहुँदा नेपालबाट तस्करी समेत हुने गरेको अध्ययनकर्ता बताउँछन् । भाले १५ दशमलव ३ सेन्टिमिटर र पोथि १६ दशमलव ४ सेन्टिमिटर लामो हुने गरेको अध्ययनकर्ता ह्याज एण्ड ड्युटिको अध्ययनमा उल्लेख छ । ड्यटिले सन् २००४ मा ठकठकेलाई लोपोन्मुख सुचिमा रहेको सरिसृप रहेको निष्कर्ष निकालिएको छ । नामका अध्ययनकर्ताले पानीगोहोरो संरक्षणका लागि पहल नभए नेपालबाट पुरै लोप भएर जाने अध्ययनमा उल्लेख छ । सन १९८० को दशकदेखि अध्ययन शुरु गरि सन् २००० सम्म अध्ययन गरिएपनि नेपालको इलाम स्थित माईपोखरीमा सन् २०१६ मा अध्ययन गरिएको थियो । हल्का खइरो रङको हुने ठकठके स्थानीयले पानीकुकुर भन्ने गरेकाले बालबालिकाले शिकार समेत गर्दै आएका छन् ।
नेपाल, भारत, चिन र म्यानमार र थाइल्याण्डमा पाइने ठकठके नेपालमा कंचनजंघा भित्र पर्ने इलाम, पाँचथर र ताप्लेजुङ्गमा बासस्थान रहेको अध्ययनमा उल्लेख छ । सफा पानीमा बस्ने भएपछि पछिल्ला विकास निर्माणका गतिविधिले सीमसार, पोखरी र पानीका मुहान धमिलो भएका कारण संख्या घट्ने गरेको अध्ययनमा उल्लेख छ । वर्षातमा जमिनमाथि र हिउँदमा जमीनमुनि बस्ने गरेकाले अहिलेसम्म विश्वमा कति संख्या छ भन्ने यकिन भइनसकेको अन्तराष्ट्रिय संस्था आयुसिएनले जनाएको छ । आयुसिएन संस्थाले सन् २००४ मा ठकठकेलाई लोपोन्मुख सुचिमा सुचिकृत गरेको थियो ।
झ्याउ भएको जंगल, सफा पानी, पोखरीहरु, सीम र स–सना पानीका मुहानमा पाइने र हिउँदमा जमिनमुनि दबेर बस्ने गरेपनि दक्षिण र पूर्वी एशियामा लोप हुनुको कारण बढ्दो बन फडानी र मानविय अतिक्रमण, खाध्यबालीमा घातक बिषादीको प्रयोग मुख्य कारक मानिएको छ । भारतको दार्जिलिङ्ग क्षेत्रमा लोप हुनुको कारक बढ्दो चिया रोपण, पर्यटकीय क्षेत्रको विकास, व्यापारीक क्षेत्र बनाउनु र बढ्दो सहरिकणका कारण रहेका छन् ।
पुर्वी नेपालका तीन जिल्लामा पाइने गरेपनि संरक्षणका लागि गैरसरकारी संस्थाले सचेतनामुलक कार्यक्रम गरेपनि सरकारी निकायमा कुनै पनि कार्यक्रमहरु संचालन गर्न सकेका छैनन् । पूर्वी पहाडी जिल्लाको पहिलो रामसार क्षेत्र माईपोखरीमा ठकठके पाइने गरेपनि अहिले संरक्षणका काम गाउँपालिकास्तरबाट पहल भइरहेको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताउनुभयो । माइपोखरी क्षेत्रको स–सना सिमसार क्षेत्रमा ठकठकेको बासस्थान संरक्षणको काम गरिएको महेश राईको भनाइ छ ।