आयुर्वेद शिविरमा आठ सय बढीको उपचार

Breaking News Hot News Special News Trending प्रदेश नं. १ प्रदेश संस्करण समाज स्वास्थ्य/शिक्षा

फिक्कल: इलामको सूर्योदय नगरपालिका १३ का तीन स्थानमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेची आयुर्वेद अस्पतालको आयोजनामा सूर्योदय नगरपालिका वडा नम्बर १३ को खानी भञ्ज्याङ, कोल्बोटे र पोखरीमा शनिबार , आईतबार र सोमबार गरी तीन दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
खानी भञ्ज्याङमा संचालित शिविरमा एक सय ५० जना , कोल्बोटेमा संचालित शिविरमा तीन सय जना बढी र पोखरीमा संचालित शिविरमा चार सय बढीले स्वास्थ्य परीक्षण गराएका छन । स्वास्थ्यको पहँच नपुगेका स्थानीलाई गाउँमै सुविधा दिने उद्देश्यले शिविर आयोजना गरिएको मेची आर्युवेद अस्पताल आईतबारेका कार्यालय प्रमुख तिर्थ आचार्यले जानकारी दिनु भयो ।
कार्यालय प्रमुख आचार्यको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिकी उप प्रमुख चित्रकला बराईलीले आफनो स्वास्थ्य परीक्षण गराई कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उहाले आर्युवेद उपचार प्रति ढुक्क भएर बिश्वास गर्न समेत स्थानीयलाई आग्रह गर्नु भयो ।
शिवरमा सुर्तीजन्य , मदिराजन्य पर्दाथ नियन्त्रण, शारीरिक सक्रियता बढाउने , स्थानीय खाद्य सामग्रीको उत्पादन र जडीबुट्टी जन्य उपचारको प्रयोग बढाउने जस्ता कार्यक्रम संचालन गरिएको छ । शिविरमा प्रेसर , सुगर जस्त रोगका बिरामीको मेची आर्युवेद अस्पताल आईतबारेका डा. रुपेश सोनाम र बिर्ता आर्युवेद झापाका डा. राजेन्द्र पोखरेलले स्वास्थ्य परीक्षण गराउनु भएको थियो ।

शिविरमा शरीरिक उचाई अनुसारको तौलको अनुपात जाँच गर्ने , दैनिक क्यालोरी सिट दिने र आफैले सामान्य बिरामको जाँच गर्न सक्ने जस्ता पद्दती स्थानीयलाई सिकाईएको छ । शिविरमा बिरामीलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो ।कार्यालय प्रमुख आचार्यले जिल्लाका अन्य स्थानमा पनि आवश्यक्ता हेरी शिविर संचालन गर्दै जाने एबीसी नेपालीलाई बताउनु भयो ।
आर्युवेद औषधालयको आयोजनामा आउदो १३ गते देखि सात दिन रोङ गाउँपालिकामा आर्युवेद शिविर संचालन गरिने कार्यालयले जनाएको छ । इलामको आईतबारेमा रहेको औषधालले अहिले २४ सै घण्टा उपचार सेवा दिन थालेको छ । बिभिन्न रोगको सहज उपचार हुन थाले पछि उक्त अस्पतालमा बिरामीको भीड समेत लाग्न थालेको छ ।

Leave a Reply

Your email address will not be published.