कोरोना भाइरस के हो ? कसरी बच्ने ?

Breaking News Hot News Special News Trending अन्तर्राष्ट्रिय प्रदेश संस्करण स्वास्थ्य/शिक्षा


काठमाडौँ: अहिले पछिल्लो समयमा चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अमेरिकासम्म पुगेको छ । नेपालमा पनि यो भाइरसको जोखिम बढी रहेको विज्ञहरु बताउँछन् ।: डा. रवीन्द्र समीरले सामाजिक सञ्जाल फेसबुकमार्फत् कोरोना भाइरस के हो र कसरी बच्न सकिन्छ भन्नेबारेमा उल्लेख गरेका छन् ।

कोरोना भाइरस संक्रमण स् सतर्क बनौं

नोबेल कोरोना भाइरस अहिले चीनमा फैलिएको छ भने जापान, दक्षिण कोरिया, थाइल्याण्ड लगायतका देशमा पनि देखा परेको छ ्र यो भाइरस जनावरबाट मानिसमा सर्छ ्र त्यसपछि खोकी, श्वासप्रश्वास, जनावर तथा नपाकेको मासु आदिबाट मान्छेमा सर्छ ्र छुँदा, नजिकै रहँदा, हात मिलाउँदा, भाइरस रहेको सामान वा कपडा प्रयोग गर्दा पनि यो रोग एकबाट अर्कोमा सर्न सक्छ ्र

यो रोगको लक्षण सामान्य रुघाखोकीको जस्तै हुन्छ ्र संक्रमण नियन्त्रण नभएमा बिरामीको श्वासप्रश्वास प्रणाली फेल भएर मृत्यु हुन्छ ्र यो रोगको खास उपचार नभउको खबर सजिलो अनलाईनले छापेको छ ।

नेपालमा चिनियाँ पर्यटक तथा अन्य संक्रमण फैलिएका देशका पर्यटक आइरहेका छन् ्रसरकारले एयरपोर्टमा २ जना स्वास्थ्यकर्मी राखेको छ ्र त्यहाँ रोग लागेको तुरुन्त पत्ता लगाउने कुनै संयत्र छैन ्र कोरोना भाइरस हवाइजहाज चढेर तथा इमिग्रेसन पास गरेर नेपालमा आउने सम्भावना धेरै छ ्र तसर्थ एयरपोर्टमा चौबिसै घण्टा प्रभावकारी परीक्षण र शंकास्पद यात्रुलाई सिधै टेकु अस्पताल लैजाने ब्यवस्था मिलाउनु जरुरी छ ्र

नेपालमा कोरोना भाइरस देखा परेमा अकल्पनीय अवस्था आउन सक्छ ्र त्यो अवस्था रोकथामको लागि सबै सचेत बनौं ्र स्वस्थ जीवनशैली अपनाऔं, संक्रमण रोक्न सतर्क बनौं ्र

Leave a Reply

Your email address will not be published.