रोङ गाउँपालिकामा स्वस्थ जीवन प्रर्वद्धन अभियान

Breaking News Hot News Special News Trending प्रदेश नं. १ प्रदेश संस्करण स्वास्थ्य/शिक्षा

रोङ: इलामको रोङ गाउँपालिकाबाट स्वस्थ जीवन प्रर्वद्धन अभियान सुरु गरिएको छ । प्रदेश नम्बर एक सामाजिक विकास मन्त्रालयले शुभारम्भ गरेको कार्यक्रम नेपालमै पहिलो पटक इलामको रोङबाट सुरु गरिएको मेची अञ्चल आयुर्वेद अस्पतालका प्रमुख तिर्थ आचार्यले बताए । आज एक समारोहका बिच रोङ गाँउपालिका–३ मा कार्यक्रमलाई औपचारिक रुपमा सुरु गरिएको छ ।

अभियान अन्र्तगत जीवनशैली परिर्वतन योग तथा आयुर्वेद टोल समुदाय सरसफाई, मातृ शिशु सुरक्षा, पोषणमा स्थानिय उत्पादनलाई जोडने, सुर्तिजन्य पदार्थ नियन्त्रण, मदिरा न्युनिकरण, सर्ने र नसर्ने रोग व्यवस्थापनका साथै आयुर्वेदिक स्वास्थ्य शिविर रहेका छन् । नसर्ने रोगको प्रकोप बढदो रहेकाले जीवनशैली, खानपान र व्यवहार परिर्वतनका साथै स्वास्थ्यको दिगो विकास लक्ष्यका सुचक प्राप्तीका लागी स्वास्थ्य प्रर्वद्धनका क्रियाकलाप जरुरी रहेकाले अभियान सुरु भएको आचार्यले बताए ।

एकिकृत जनस्वास्थ्य अभियानको परिस्कृत रुपको रुपमा स्वास्थ्य जिवन प्रर्वद्धन अभियान सुरु गरिएको हो । कार्यक्रम मार्फत गाँउगाउँमा स्वास्थ्य जागरुक गराउदै हरेक नागरिकलाई हालको स्वास्थ्यका विषयमा जगाउनका लागी कार्यक्रम प्रभावकारी हुने अपेक्षा रहेको आचार्यले लोकल सन्देशलाई बताए । अभियान प्रतिवद्धता पत्रमा गाउँपालिका अध्यक्ष, विद्यार्थी, अभिभावक, स्वास्थ्यकर्मी, संचारकर्मी लगायतले हस्ताक्षर गरे । सोही कार्यक्रम अन्र्तगत ७ दिने स्वास्थ्य शिविर समेत सुरु गरिएको छ । शिविरमा शारिरिक उचाई अनुसारको तौलको अनुपात जाँच गर्ने, दैनिक क्यालोरी सिट दिने र आफै सामान्य बिरामीको जाँच गर्न सक्ने जस्ता पद्धती स्थानियलाई सिकाइने छ ।

कार्यालय प्रमुख आर्चायको अध्यक्षतामा भएको शुभारम्भ तथा शिविर उद्धघाटन कार्यक्रममा रोङ गाउँपालिका अध्यक्ष शम्शेर राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं ३ का अध्यक्ष मात्रिका बराल, वडा सदस्य प्रेमराज गुरुङ, स्वास्थ्य कार्यालय इलामका भेक्टर कन्ट्रोल अधिकृत विमल बराल, क्षय कुष्ठ अधिकृत रामनरेश ठाकुर, रोङ गाउँपालिका स्वास्थ्य संयोजक नेत्र प्रसाद पोखरेल, शान्ति निकेतन माविका प्रधानाध्यापक हेमन्त निरौला लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी राईले गाउँपालिका र आयुर्वेद अस्पतालको सहकार्यमा महिनामा २ पटक वडा नं ५ मा गाउँघर क्लिनिक संचालन भइरहेको बताए । उनले एलोपेथिक भन्दा आयुर्वेदको औषधी प्रभावकारी रहकोले अवसरको फाइदा उठाउन गाउँपालिकाबासीमा आग्रह गरे ।

प्रदेश सरकारको स्वास्थ्य अभियानको बारेमा अस्पतालका प्रमुख आचार्यले स्पष्ट पारेका थिए । आगामी ७ दिनसम्म शान्ति निकेतन माविमा शिविर संचालन हुने छ । यसअघि अस्पतालले सूर्योदय नगरपालिका–१३ लक्ष्मिपुरका ३ स्थानमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको थियो । जहाँ ८ सय बढीले स्वास्थ्य सेवा लिएका थिए । पछिल्लो समय ग्रामिण क्षेत्रमा आयुर्वेदको महत्व बुझाउन अस्पतालले स्वास्थ्य शिविरको आयोजना गर्दै आएको कार्यालय प्रमुख आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published.