इलाममा भरुवा बन्दुकसहित दुईजना पक्राउ

Breaking News Mukya Samachar Special News Trending अपराध गण्डकी प्रदेश प्रदेश संस्करण समाचार समाज

इलाम: इलामको माङसेवुङ गाउँपालिकाबाट अवैध हतीयार सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय मंगलबारेको संयुक्त प्रहरी गस्ती टोलीले माङसेवुङ गाउँपालिकाका बिभिन्न क्षेत्रमा खोजतलास गर्दा अवैध भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले माङसेवुङ गाउँपालिका वडा नंम्बर ३ तितिरबोटेबाट दुई थान लोड गरिएको भरुवा बन्दुक , बन्दुकमा प्रयोग गरिने बारुद र छर्रा सहित स्थानीय ४१ बर्षीय शिव कुमार राई र २२ बर्षीय विशाल राईलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ गरेका दुई जनालाई शुक्रबार इलाम जिल्ला अदालतबाट सात दिन म्याद थप गरी हातहतियार खरखजना मुद्दामा आवस्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.