इलामको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ प्रदेश संस्करण प्रमोसन स्वास्थ्य/शिक्षा

पशुपतिनगर(इलाम):

कोरोना भाइरस (कोभिड १९० को संक्रमण पछिको लकडाउनको समयमा पनि इलामको नेपाल–भारत सीमा क्षेत्रमा मानिसको आवतजावत नरोकीए पछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
इलामको रोङ गाउँपालिकाको मेची किनार देखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडा सम्मको नेपाल–भारत सीमानाको साढे ५२ किलोमिटर क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरीको पोष्ट स्थापना गरी सुरक्षा व्यवस्था कडा बनाइएको हो । लकडाउनका बेला भारतबाट आउने क्रम नरोकीए पछि सीमा क्षेत्रमा शसस्त्र प्रहरीको सुरक्षा पोष्ट राखिएपछि सीमा क्षेत्रका नागरिकले सुरक्षाको अनुभुति समेत गर्न थालेका छन् । लकडाउन शु? भएसँगै ७ स्थानमा शसस्त्र प्रहरीको टोली राखिएको थियो ।
पहाडी क्षेत्रमा गौडाह? धेरै भएकाले र भौगोलिक बिकटताका कारण थप ११ स्थानमा सुरक्षा पोष्ट थपिएको सशस्त्र प्रहरी बल १ नम्बर गण हेडक्वाटर इलामका प्रहरी उपरीक्षक रोषन श्रेष्ठले जानकारी दिनु भयो । प्रहरी उपरीक्षक श्रेष्ठले भन्नु भयो ‘सीमानाबाट रोग नफैलीयोस भनेर हामी रातदिन खटीरहेका छौ।’
इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले खुल्ला सीमा भएर आएका मानिस क्वारेन्टाइनमा नजाने र कोरोनाको जोखिम बढ्ने भएकाले सुरक्षाकर्मीको पोष्ट थप गरिएको जानकारी दिनु भयो । सीमा क्षेत्रमा सुरक्षाकर्मी थप गरिएपछि लुकिछिपि आवातजावत गर्ने क्रम समेत घटेको छ । सुरक्षाकर्मीले सीमानमा नियमित ?पमा गस्ति गर्न थालेपछि सीमानाका नागरिकले सुरक्षाको अनुभुति गर्न थालेको सिमावर्ती माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राईले बताउनु भयो ।शसस्त्र प्रहरी बाहेक सीमा क्षेत्रमा नेपाल प्रहरीको ३ वटा चौकीह?बाट पनि सीमानाको नियमित अनुगमन हुँदै आएको छ ।
कोरोनाको संक्रमण रोकिएपछि अस्थाई ?पमा राखीएका शसस्त्र प्रहरीका पोष्टह? हटाईने जनाईएको छ । अस्थाई ?पमा राखीएको शसस्त्र प्रहरी संग स्थानीय तहले नियमित समन्वय गर्दै आएका छन् । सीमा क्षेत्रबाट भारतमा काम र अध्ययनका लागि गएकाह? अवैध तरिकाले नेपाल प्रवेश गरिरहेका थिए । कतिपय भारतीय नागरिक समेत सुरक्षीत स्थानको खोजीमा आफन्त खोज्दै नेपाल प्रवेश गरिसकेका छन् । सीमावर्ती क्षेत्रबाट बन्यजन्तुको चोरी तस्करी समेत भैरहेको पाईएको छ ।
गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published.