देउमाई नगरपालिद्धारा लकडाउनलाई प्रभावकारी बनाउदै जिल्ला बाहिर रहेका नागरिकलाई राहत बितरण गर्ने निर्णय

  • 345
    Shares
देउमाई नगरपालिद्धारा लकडाउनलाई  प्रभावकारी बनाउदै जिल्ला बाहिर रहेका नागरिकलाई राहत बितरण गर्ने निर्णय

इलाम :
इलामको देउमाई नगरपालिकामा सम्पन्न कोभिड १९ रोकथाम तथा नियन्त्रण आपतकालिन समितिको बैठकले बिभिन्न निर्णय गरेको छ । लकडाउन थपीए संगै नगरपालिकामा थप सर्तकता अपनाउदै स्थानीयलाई अति आवश्यक सुविधा दिने लगायतका निर्णय गरिएको हो ।
देउमाई नगरपालिकामा लकडाउन कार्यन्नयन गर्न तथा अनियन्त्रित आवतजावत नियन्त्रण तथा आपतकालिन स्वास्थ्य परिक्षणका लागि तीन स्थानमा रहेर सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी र नगरपालिकाका प्रतिनिधिले हेल्थ डेक्स तथा सुरक्षा चेक जाँच स्थान स्थापना गर्ने निणर्य गरिएको छ । देउमाई ३ पैरे भन्ञ्याङ , देउमाई ८ बुद्वचोक र देउमाई ५ धुसेनीमा हेल्थ डेक्स स्थापना गरिने जनाईएको छ ।

यस्तै जिल्ला समन्वय समिति इलाम गरेको निणर्यलाई पूर्णरूपमा कार्यन्नयन गर्दै उक्त विवरण बमोजिमको देउमाई नगरपालिकाका जिल्ला बाहिर रहने असंगठीत क्षेत्रका मजदुरहरूको राहत तथा सहजिकरणका गर्नका लागि देउमाई नगरपालिकाको सम्पर्क व्यक्तिको रूपमा मौसम खनाल ,माधव चम्लागाई र सन्जिब राईलाई तोक्ने निणर्य गरेको छ । नगरपालिकाको वडा नम्बर ४ भानु भक्त माध्यमिक बिद्यालयमा रहेको क्वारंनटाइनको क्षमतालाई बृद्वि गरी ६० वेडको बनाएको जानकारी दिएको छ ।
नगरले सम्पूर्ण नगरबासीलाई सुरक्षित रहन र लकडाउनको पूर्ण पालना गर्न अनुरोध गरेको छ । साथै देउमाई नगरपालिका बाहिर रहने नगरबासीलाई आफु रहेको स्थानमा सुरक्षित रहन र आवस्यक रहेमा देउमाई नगरपालिका र नगरले तोकेका ब्यक्तिलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।