प्रदेश १ का जिल्ला अस्पतालहरुमा पीपीईको अभाव,तत्काल व्यवस्थापन नगरे काम गर्न नसक्ने

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

विराटनगरः प्रदेश १ का जिल्ला अस्पतालहरुका मेडिकल सुपरीटेन्डेन्ट ९मेसु० हरुले व्यक्तिगत सुरक्षा उपकरण ९पीपीई० तत्काल उपलब्ध गराउन माग गरेका छन् । उनिहरुले प्रदेश सरकारबाट प्राप्त पीपीई पर्याप्त नभएको जनाउदै थप पिपिई तत्काल व्यवस्थापन गर्न माग गरेका हुन् ।
पिपिई अभावका बाबजुत काम गर्नु परिरहेको जनाउदै बिहिबार प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसंग भएको भिडियो संवादमा उनिहरुले जिल्लामा कोरोना संक्रमित बढेको खण्डमा पीपीईको अभावमा काम गर्न नसकीने उनीहरुले बताएका छन् ।

स्थानीय स्तरबाट व्यवस्थापन भएको पीपीई पनि सकीएको उनीहरुको भनाई छ । मेसुहरुले अस्पतालहरुमा आकस्मिक, फिवर क्लिनिकसँगै नियमित सेवाहरुपनि सञ्चालनमा रहेको बताएका छन् । उनीहरुले विकास समितिबाट नियुक्त भएका र करारका स्वास्थ्यकर्मीहरुलाई प्रदेश सरकारबाट प्रोत्साहन भत्ता उपलब्ध गराउन पनि माग गरेका छन् ।

इलाम अस्पतालका मेसु डा।प्रभु साहले पीपीईको अभाव भएको बताए । अभावकावीच सेवा दिईरहेको उनले बताए । विदेशबाट आएकाहरु र बाहिरी जिल्लाबाट आएकालाई अनिवार्य क्वारेन्टाईनमा राखिएको उनँले बताए । जिल्लामा कोभिड १९ का लागि छुट्टै एम्वुलेन्सको व्यवस्था गरिएको उनले बताए ।

पाँचथर जिल्ला अस्पतालका मेसु डा। बुद्धिबहादुर थापाले पीपीई, एन ९५ मास्क अभाव भएको बताए । उनले आवस्यक जनशक्ति र बजेटको पनि अभाव भएको सुनाए । ताप्लेजुङ अस्पतालका मेसु डा। सनि लामाले अस्पतालमा दरवन्दी कम भएको बताए । अन्य जिल्ला अस्पताल सरह सेवा दिएपनि दरबन्दी कम भएको गुनासो गरे । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले कोभिड १९ को व्यवस्थापनका लागि दैनिक काम भईरहेको बताए ।

भोजपुर जिल्ला अस्पतालकी निमित्त मेसु डा। पवित्रा श्रेष्ठले जिल्लामा आरडिटी किटको अभाव भएको बताए । पीपीई आँफै व्यवस्थापन गरेर काम चलाईरहेको उनको भनाई छ । जिल्लामा संक्रमित बढेमा पीपीई अभाव हुने उनले बताए । सोलुखुम्वु जिल्ला अस्पतालकी निमित्त मेसु सोनु शेर्पाले अस्पतालमा एम्वुलेन्स नहुँदा विरामीलाई उपचारका लागि लैजानुपर्ने अवस्था आए समस्या हुने बताए । जिल्ला अस्पतालमा एउटा पनि सवारी नभएको उनको गुनासो छ ।

ओखलढुङ्गा जिल्ला अस्पतालका मेसु डा। सन्तोष देवले पीपीई र एन ९५ मास्कको अभाव रहेको बताए । धनकुटा जिल्ला अस्पतालका मेसु पुजन विश्वकर्माले स्थायी मात्रै नभएर सवै स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्न माग गरे । प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध भएको पीपीई वितरण भईसकेको उनले बताए । शंकास्पद विरामी बढेमा पीपीई अभाव हुने उनको भनाई छ ।

सुनसरी जिल्ला अस्पतालका मेसु डा। सन्तोष राईले अस्पतालले नियमित रुपमा स्वाव संकलन, फिवर क्लिनिक र मोवाईल क्लिनिक सञ्चालन गरिरहेको बताए । सुनसरीमा पीपीई अभाव रहेको बताए । मेची अस्पतालका मेसु पिताम्वर ठाकुरले आईसोलेसनमा रहेका विरामीको लागि खाना खर्चको अभाव भएको बताए ।

सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थले कर्मचारी, स्वास्थ्य सामाग्री अभावको विषयमा ध्यानाकर्षण भएको बताए । थप जनशक्ति तत्काल व्यवस्थापन गर्न नसकीने उनले बताए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले पठाएको पीपीईको सही सदुपयोग नभएको बताए । स्वास्थ्यकर्मी भन्दा पनि जनप्रतिधिहरुले पीपीई लगाएर हिड्दा समस्या भएको उनले बताए । पीपीईको अभाव जिल्लामा मात्रै नभएर प्रदेश र केन्द्रमा पनि रहेको बताए । उनले शक्तिशाली देशहरुमा पनि पीपीई अभाव रहेको बताए । उनले भने,‘ पीपीई प्रदेश सरकारले न्युनतम रपमा व्यवस्थापन गरेको छ ।’ कस्ले कस्तो पीपीई लगाउने भनेर नबुझ्दा पनि समस्या भएको उनको भनाई छ । कोरोनाको त्रासका वीचमा पनि अस्पतालहरुले अत्यावसकीय सेवा सँगै नियमित सेवा र फिवर क्लिनिक सञ्चालन गरेकोमा धन्यवाद दिए । शुरुवातका दिनमा कोरोनाको आतंक स्वास्थ्यकर्मीमा देखिएपनि अहिले त्यो त्रास हटेर गएको आँफुले पाएको उनले बताए । परदेश पोटलबाट

Leave a Reply

Your email address will not be published.