फिदिम : पाँचथरको याङवरक गाँउपालिका ६ का एक पुरुषमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । गणेश माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा बसेका २४ बर्षिय पुरुषको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएको हो ।
काठमाण्डौबाट घर आएका ती पुरुषको आरडीटी पोजेटिभ देखिएपछि स्वाब परीक्षणका लागि बिराटनगर पठाइएको थियो । उनीसँगै क्वारेन्टाइनमा बसेका अन्यको पनि स्वबप परिक्षणबाट कोरोना नभएको पुष्टि भएको छ ।
‘हिजोमात्रै पाँचथरका २० जनाको स्वाब परीक्षण गरिएको हो,’ स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले भने ‘आरडीटी पोजेटिभ देखिएका पुरुष सहित सबैको पीसीआर नेगेटिभ देखिएको हो ।’ तमोरखबर