मंगलबारे : इलामको देउमाई नगरपालिकामा रहेको क्वारेन्टाइन आजबाट खालि भएको छ । नगरले २ स्थानमा बनाएको क्वारेन्टाइनमा रहेको २५ जनाको र्यापिड टेस्ट नेगेटिभ देखिएको उनीहरुलाई घरसम्म पुर्याइएको छ । वडा नं ४ को भानुभक्त माध्यमिक विद्यालयमा १९ जना पुरुष र २ जना महिला तथा वडा नं ८ को जनता आधारभुत विद्यालयमा ४ जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएकाहरुको ९ दिन अवधि पुरा भएपछि गरिएको परिक्षण नेगेटिभ देखिएपछि नगरले उनीहरुलाई घरघरसम्म पु¥याएको सुचना अधिकारी गोबिन्दराज बाँस्तोलाले जानकारी दिए ।
उनका अनुसार सबै जनालाई होम क्वारेन्टाइनमा नियम पुरा गरेर बस्ने सर्त सहितको स्वघोषणा फारम भरिएको छ । त्यसैगरी नगरले अत्यावश्यक सामाग्री खरिद तथा विक्रीका गर्न सामाजिक दुरी कायम गरि विहान १० बजेसम्म बजार खुल्ला गर्ने भएको छ । उक्त समयभित्र लोड अनलोडका कार्यहरु समेत गर्ने र त्यसपछिको समय पुर्ण लकडाउनको पालना गर्न नगरबासीलाई आग्रह गरेको छ ।