सूर्योदय नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात

सूर्योदय नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात

इलाम: इलामको सूर्योदयन गरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सूर्योदय नगरपालिका वडा नं २ रमितेमा खेल मैदान निर्माण शुरु गरिएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ९ लाख १४ हजार रुपैयाँको लागतमा निर्माण हुने उक्त खेल मैदान निर्माण कार्यको सूर्योदय नगरपालिकाका नगर प्रमुख श्री रण बहादुर राईले एक कार्यक्रम बिच सुरुवात गर्नु भएको छ।
उक्त खेल मैदान निर्माणमा रोजगार गर्नका लागि बेरोजगार सूचीमा सुचिकृत भएका ब्यक्ति हुनु पर्ने , राहत प्राप्त गर्न मापदण्ड पुगी वडा कार्यलयबाट सिफारिस भएका व्यक्ति हुनुपर्ने, न्युनतम सामाजिक दुरी कायम गरि काम गर्नुपर्ने
,न्युनतम स्वास्थ्य सावधानी अपनाउनु पर्ने र न्युनतम ४५ जनाले ४० दिन रोजगार प्राप्त गर्ने जनाईएको छ । यसरी रोजगारी गर्नेले दैनिक पारिश्रमिक ५१७ रुपैयाँ प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।