इलामको शुक्रबारेका आगलाी पिडीतलाई माईजोगमाई गाउँपालिकाले तत्काल राहत दिने

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

नयाँबजार: माईजोगमाई गाउँपालिका–२ शुक्रबारे बजारमा सोमबार राती भएको आगलागि पिडितलाई गाउँपालिकाले राहत दिने भएको छ ।

आज बसेको गाउँपालिकाको ८४ औ कार्यपालिका बैठकले आगालागिबाट पिडित २ घरलाई जनही ५० हजार तथा एक घरलाई ३० हजार बराबरको राहत दिने निर्णय गरेको हो ।
कार्यपालिकाको बैठकले कैया र लाबरलाई ५० हजार तथा प्रधानलाई ३० हजार दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले जानकारी दिए ।

सोमबार साँझ बेद कैयाको घरबाट सुरु भएको आगलागिबाट रुकमिणा प्रधानको घर र किराना पसल, छत्रकुमारी लावरको घर तथा कैयाको जुत्ता र कपडाको पसलमा क्षति पुगेको थियो ।

Leave a Reply

Your email address will not be published.