इलामको देउमाई नगरपालिकामा उच्च सतर्कता अपनाइदै

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

मंगलबारे : नेपालमा कोरोनाको संक्रमितहरुको संख्या बढ्दै गएपछि देउमाई नगरपालिकाले सचेतनाका लागि विभिन्न निर्णयहरु गरेको छ । कोभिड–१९ को बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि थप संवेदनशिल भएर कार्य गर्नुपर्ने महसुस भएपछि कार्यपालिकाबाट क्वारेन्टाइन थप गर्ने, सवारी साधन व्यवस्थापन लगायतका बिषयमा निर्णय भएको सुचना अधिकारी गोपाल बाँस्तोलाले जानकारी दिए । बैशाख देउमाईमा उच्च सतर्कता अपनाइदै

३० गतेको जिल्ला विपद व्यवस्थापन केन्द्रको अनुरोधलाई कार्यान्वयन गर्दै नगरले थप १५० बेडको क्वारेन्टाइन निर्माण गर्ने भएको हो ।
जस अन्र्तगत प्रत्येक वडामा उपयुक्त स्थान छनौट गरि वडा कार्यालयले सम्पुर्ण व्यवस्थापन गरि २५ बेडको क्वारेन्टाइन निर्माण गर्ने नगर प्रमुख सूर्य पोखरेलले जानकारी दिए । त्यसैगरी बैंक, वित्तिय संस्था,सहकारी तथा सबै सरकारी कार्यालय हरु उपलब्ध कर्मचारी मार्फत आन्तरिक कार्य गर्न बाहेक जेठ ५ गते सम्मका लागि पू्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । बन्दबन्दीको अवस्थामा अतिआवश्यक अवस्था आईपरेमा सहजीकरणका लागि ईलाका प्रहरी कार्यालय मंगलबारे को फोन नः ९८५२६९००२४ मा सम्पर्क गर्न सकिने प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद दाहालले जानकारी दिए ।

माईजोगमाइमा २१ जनाको परीक्षण

कोरोना भाइरस माईजोगमाईमा परिक्षण भएको छ । कोरोना भाइरस माईजोगमाइमा जम्मा २१ जनाको परिक्षण भएको हो । गाउँपालिका को अमर कल्याण मा बि र नामसालिङ स्वस्थ्य चौकीमा रहेका जम्मा २१ जनाको कोरोना परिक्षण गरिएको हो । अमर कल्याणमा जम्मा १६ जनाको र नामसालिङ स्वस्थ्य चौकीमा ५ जनाको परिक्षण गरिएको थियो ।
परिक्षण गरेका सबैको रिपोर्ट नेगेटिब देखिएको स्वस्थ्य शाखा प्रमुख राम शंकर देबले बताए । परिक्षण हुनेमा होम क्वारेन्टाइम र संस्थागत क्वारेनटाइनमा रहेका मानिस रहेका छन् । उनिहरू नेपाल बाहिर तथा इलाम बाहिरबाट गाउँपालिका भित्रिएका थिए । गाउँपालिका अध्यक्ष जीतबहादुर राईले भारतसँग सिमा जोडिएको क्षेत्र भएपनि कडा सुरक्षाका कारण लुकिछिपी प्रवेश गर्ने क्रम नरहेको बताए ।

Leave a Reply

Your email address will not be published.