इलामको आईसोलेसनमा रहेका दुई जनाको रिपोर्ट नेगेटिभ

इलामको आईसोलेसनमा रहेका दुई जनाको रिपोर्ट नेगेटिभ

इलाम: बिदेशबाट आई इलाम अस्पतालको आईसोलेसनमा रहेका दुईजनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
केहि समय अघि बिदेशबाट आएका फाकफोकथुम गाउँपालिका २ का ३७ बर्षका पूर्ण बहादुर तामाङ र ३५ बर्षीय शान्ति देवी तामाङको रिपोर्ट नेगेटिभ आएको हो ।
उनीहरुको स्वाब संकलन गरी गत मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएकोमा दुबै जनाको रिर्पोट नेगेटिभ आएको इलामका मेडीकल सुपरिटेन्डेन्ट डाक्टर प्रभु शाहले जानकारी दिनु भयो ।