झापाबाट काठमाण्डौ जान लाग्नु भएका पूर्वराजा ज्ञानेन्द्र शाहको सवारी पास खारेजी

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

इलाम: शुक्रबार झापाबाट काठमाण्डौ जान लाग्नु भएका पूर्वराजा ज्ञानेन्द्र शाहको सवारी पास गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय झापाले खारेजी गरेको छ ।
पूर्वराजा शाहलाई काठमाडौँ जानका लागि झापा जिल््ला प्रशासनले बिहीबार सवारी पास जारी गरेको थियो । तर गृह मन्त्रालयले सवै जिल्ला प्रशासन कार्यालयले जारी गरेका सवै सवारी पास खारेज गर्ने निर्णय गरेपछि पूर्व राजा शाहको पास जिल्ला प्रशासन कार्यालयले केही घण्टामै खारेज गरेको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले गृहको निर्देशनमा सवारी पास खारेज गरिएको जानकारी दिनु भयो । पूर्व राजा शाहका प्रतिनिधि सवारी पास लिनका लागि जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

प्रशासनले तत्कालै सवारी पास जारी गरेको थियो । त्यसको केही घण्टामै प्रशासनले सवारी पास खारेज गरिएको जानकारी गराएको थियो । पूर्व राजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित अहिले झापामा रहनु भएको छ । उहा लकडाउन भन्दा अगाडिदेखि नै झापामा बस्दै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published.