बुबाको हत्या गर्ने छोरी सुष्मा पक्राउ

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १

इलाम : इलामको शान्तिडाँँडामा सोमबार राती बुबाको हत्या गरी फरार रहेकी सुष्मा राईलाई प्रहरीले पक्राउ गरेको छ ।
इलामको देउमाई नगरपालिका–६ शान्तिडाँडाक फुलबहादुर राईको हत्या गरेकी फरार रहेकी शुष्मालाई घर नजिकैको जंगलबाट प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
देउमाई ६ को गोरेडाँडा निवासी २५ वर्र्षीया छोरी सुष्मा र ५२ वर्षीय बुबा फुलबहादुर बीच झगडा भइरहने गरेको स्थानीयवासीको भनाई छ । सोमबार रातको समयमा झगडा हुँदा छोरीले चिरपट र बञ्चरो प्रहार गरी बुबाको हत्या गरेको इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक राजकिशोर शाहले जानकारी दिनु भयो ।
घरमा छोरी सुष्मा बुबा फुलबहादुर र आमा मात्र रहेको अवस्थामा खाना खाइसकेपछि राती झगडा भएको थियो । घटना पछि फरार रहेकी शुष्मालाई प्रहरीले घर नजिकैको जंगलबाट बञ्चरो सहित पक्राउ गरेको छ । पक्राउ परेकी राई माथी जिल्ल प्रहरी कार्यालय इलामबाट कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.