कचनकवलका सङ्क्रमित भारतबाट भागेर नेपाल छिर्न खोज्दा प्रहरीको फन्दामा परेका थिए

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

बिर्तामोड: झापाको कचनकवलका थप नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोमबार एक जनामा सङ्क्रमण देखिएपछि उनको सम्पर्कमा आएका थप नौ जनामा मङ्गलबार कोरोना भाइरस पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सङ्ख्यासँगै झापामा कोरोना सङ्क्रमितको सङ्ख्या १२ पुगेको छ । जसमा एक जना निको भएर घर फर्किसकेका छन् ।

केचनाका पहिलो सङ्क्रमित भारतबाट भागेर नेपाल छिर्न खोज्दा प्रहरीको फन्दामा परेका थिए । उनीसँगैका ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमितहरु भारतको मुम्बई शहरबाट गत जेठ २ र ३ गते भारतको सीमाबाट नेपालको मकैबारी हुँदै नेपाल भित्रिएका हुन ।

नेपाल भारत सीमा सुरक्षामा रहेको जनपद र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर कचनकवलको क्वारेन्टाइनमा पठाएको थियो । त्यहाँबाट ३३ जनाको नमुना चेक गर्न कोशी अञ्चल अस्पतालमा पठाइएकोमा सोमबार एक जनाको नतिजा पोजेटिभ आएको थियो । उनलाई सोमबारनै थप उपचारका लागि विराटनगर पठाइएको छ । सोही समूहमा आएका मध्ये मङ्गलबार थप ९ जनामा कोरोना पोजेटिभ भएको हो । उनीहरूलाई समेत उपचारका लागि विराटनगर लैजाने तयारी थालिएको कचनकवल गाउँपालिका स्वास्थ्य साखा प्रमुख जागेश्वर यादवले बताउनुभयो ।

सङ्क्रमितहरु कचनकवल गाउँपालिका ६ का ८ जना , ४ का १ जना र ५ का १ जना रहेका छन् । उनीहरू सबै १७ वर्षदेखि ३० बर्ष उमेरका रहेकोसमेत स्वास्थ्य प्रमुख यादवले बताउनुभयो । भारतसँग सीमा जोडिएको कचनकवल गाउँपालिकामा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमण देखिएपछि गाउँमा थप कोरोना त्रास बढेको छ । कोरोना सङ्क्रमणको ठूलो सङ्ख्या देखिए पनि सबैजना सङ्क्रमित परिवारको सम्पर्कमा जानुअघि नै प्रहरीले सीमाबाटै नियन्त्रणमा लिएको कारण परिवारमा भने जोखिम नरहेको कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौड्यालले बताउनुभयो ।

गाउँपालिकामा बुधबार विशेष बैठक बसी कोरोना सङ्क्रमण फैलिन नदिन थप कडाइ गरिने समेत पौड्यालले बताउनुभयो । भारतमा लकडाउन खुकुलो बनाइएसँगै भारतका विभिन्न स्थानमा काममा रहेका नेपालीलाई भारतीय सरकारी गाडीले नेपालको सीमासम्म ल्याएर अलपत्र पारी छाड्ने गरेको पाइएको छ ।

मङ्गलबारमात्रै ४७ जना नेपालीलाई नेपालभारत सीमा भारतको डिघंलबैँक क्षेत्रमा भारतका विभिन्न शहरमा काम गरी फर्कने नेपालीलाई भारतीय सरकारी गाडीले नेपालको सीमासम्म ल्याइपु¥याएर छाडेको छ । नेपाल भारत सीमामा अलपत्र परेका उनीहरूको आफ्ना स्थानीय तहले उद्धार गरी आ–आफ्नो क्वारेन्टाइनमा राखेका छन् । भारतबाट नेपाल फर्किने क्रम नरोकिने र उनीहरूमै कोरोना सङ्क्रमण देखिन थालेपछि नेपाल भारत सीमा क्षेत्र थप संवेदनशील बनेको छ ।

लीलाराज झापाली, गोरखापत्र अनलाईनबाट

Leave a Reply

Your email address will not be published.