इलामेली किचन र पत्रकारलाई इलाम नगरपालिका वडा नम्बर ७ को सहयोग

  • 826
    Shares
इलामेली किचन र पत्रकारलाई इलाम नगरपालिका वडा नम्बर ७ को सहयोग

टीका खतिवडा इलाम: इलाम सदरमुकाममा निशुल्क खाना वितरण गर्दै आएको इलामेली किचनलाई इलाम नगरपालिका ७ ले नगद ३० हजार उपलब्ध गराएको छ । आज एक कार्यक्रमको आयोजना गरि वडाध्यक्ष नरेश श्रेष्ठले अभियान्ता देवी पौडेल, सुमन श्रेष्ठ लगायतलाई सो मुल्य बराबरको चेक हस्तान्तरण गर्नु भएको हो ।
निशुल्क खाना खुवाउने अभियानले इलाम अस्पतालमा आउने बिरामी तथा बिरामीका कुरुवाहरुलाई सहज भएकाले अभियानलाई समर्थन गर्दै रकम सहयोग गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यक्रममा वडाध्यक्षसँगै वडा सदस्यहरु, स्थानिय बासी तथा जनप्रतिनिधि लगायत उपस्थिती रहेको थियो ।
लकडाउन भए पछि इलाम नगरपालिका ७ मा निशुल्क खाना खुवाउन थालिएको छ । इलाम बजारकै देवी पौडेल, सुमन श्रेष्ठ लगायतले इलाम वजार आउनेहरुलाई समस्या भएको भन्दै निशुल्क खाना खुवाउने अभियान नै सञ्चालन गर्नु भएको छ । उहाँहरुले सञ्चालन गर्नु भएको अभियानमा खाना, तरकारी लगायतका वस्तु दाताहरुबाट सहयोग आइरहेको छ । अभियानलाई सफल बनाउन बिदेशबाट समेत सहयोग गर्दै आएका छन् । अस्ट्रेलियामा रहनु भएका जगदबहादुर तामाङले अभियानभर निशुल्क मासु खुवाउन रकम सहयोग गर्दै आउनु भएको छ ।
लकडाउन अवधिभर नै खाना खुवाउन आफुहरु लाग्ने उहाँहरुले प्रतिवद्धता जनाउनु भएको छ । हाल सो किचनमा एक सय वढिले दैनिक खाना खाइरहेका छन् । बजारमा अत्यावश्यक बस्तु किनमेल गर्न आएकाहरुलाई निशुल्क खाना खुवाउने कार्यक्रमले सहज मिलेको छ ।–––

पत्रकार तथा सञ्चारकर्मीहरुका लागि सेनिटाइजर र मास्क बितरण

संचारकर्मीलाई स्वास्थ्इ सामग्री हस्तान्तरण गर्दै वडाध्यक्ष नरेश श्रेष्ठ


इलाम नगरपालिका वडा नम्वर ७ ले इलामका पत्रकार तथा सञ्चारकर्मीहरुका लागि मास्क र सेनिटाइजर बितरण गरेको छ । बिहिबार वडा कार्यालय परिसरमा एक कार्यक्रम गरि वडा कार्यालयले एक एक थान एन ९५ मास्क र सेनिटाइजर बितरण गरेको हो ।
जिल्लाका करिव २० जना पत्रकारहरुलाई सो सामाग्री हस्तान्तरण गरिएको वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पत्रकारहरु समेत अग्र पंक्तिमा रहेर काम गरिरहेको हुँदा जोखिम बढ्ने भएपछि सुरक्षित रहन सचेत गराउँदै सामाग्री हस्तान्तरण गरिएको हो । इलाम नगरपालिका भित्रका सञ्चारकर्मी र मिडिया हाउसलाई एक एक थान पर्ने गरि बितरण गरिएको उहाँले बताउनुभयो । वडा सदस्य सञ्जिव राईले सञ्चारकर्मीहरुका लागि धेरै नसके पनि सकेको सहयोग गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष कोकिला ढकाल लगायत सदरमुकाम भित्र रहेर काम गर्ने पत्रकारहरुको उपस्तिथी रहेको थियो । सूचना प्रवाहमा खट्ने पत्रकारहरुका लागि राज्य पक्षबाट खासै वास्ता नगरिरहेको अवस्थामा इलाम नगरपालिका वडा नम्वर सातले गरेको सो कार्य प्रशंसिय रहेको उपस्थित पत्रकारहरुको भनाई छ ।

उनीहरुले जिल्लामा रहेका पत्रकारहरुका लागि कोरोनाबाट बच्नलाई सुरक्षित रहन सामाग्री हस्तान्तरण गरिएकोका धन्यवाद समेत दिए । यस अघि सूर्योदय नगरपालिकामा रहेको फिक्कल आनेपानी आयोजनाले सूर्योदय नगरपालिका भित्र बसेर काम गर्ने सञ्चारकर्मीहरुका लागि माक्स र सेनिटाइजर बितरण गरेको थियो । यता इलाम नगरपालिका वडा नम्वर सातको कार्यक्रममा उपस्थित वडा नम्वर पाँचका वडाध्यक्ष ठाकुर नारायण श्रेष्ठले पनि सञ्चारकर्मीहरुका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।