झापा कोरोनाको उच्च जोखिममा, सङ्क्रमितको सङ्ख्या बढ्दै

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

काठमाडौँ:  झापामा नोबेल कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ । तीन साताअघि दुईजना सङ्क्रमित रहेको झापामा तीन दिनअघि १० जना फेला परेका थिए ।
बिहीबार बिहान १५ र दिउँसो आठ गरी २३ जना नयाँ सङ्क्रमित पुष्टि भएका छन् ।  अहिले झापामा कूल सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ भने दुईजना निको भएर घर फर्केका छन् । झापामा फेला परेका कूल सङ्क्रमितमध्ये ३३ जना भारतसँगको सीमावर्ति कचनकवल गाउँपालिकाका हुन् ।  यी सबै भारतबाट आएका हुन् ।
कचलनकवल मात्रै होइन, झापाका सीमावर्ती क्षेत्रमा भारतबाट आउने क्रम बढेपछि झापामा कोरोनाको जोखिम बढेको छ । भारतबाट फर्कनेहरु बढेपछि अहिले कचनकवलसहित अधिकाँस स्थानीय तह सिल गर्न थालिएको छ । यसैबीच, झापामा कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्लामा नै स्वाब परीक्षणसहित कोभिड १९ अस्पताल निर्माणको प्रक्रिया सुरु भएको छ । यो समचार आजको गोरखापत्रमा छ ।

Leave a Reply

Your email address will not be published.