कोभिड १९ बिरुद्ध रोङ गाउँपालिकामा उच्च सतर्कता

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा


गणेश अर्याल :

रोङ : झापामा कोभिड १९ को सक्रमण बढेपछि सिमानामा रहेको इलामको रोङ गाउपालिकामा उच्च सतर्कता अपनाइएको छ । पालिकामा भित्रने मानिसको ब्यवस्थापन देखि क्वारेन्टाइन ब्यवस्थापन सम्मको काम अन्तिम तयारीमा भइरहेको छ । इलामको रोङ गाउँपालिकाका मा दुइप्रकारको क्वारेन्टाइन बनाउने काम भइरहेको छ । एक सय बेड क्षमताको होल्डीङ क्वारेन्टाइन र बाकी बिशेष क्वारेन्टाइन बनाउन लागिएको हो । जिल्लाको दक्षिणी नाका तथा जिल्ला प्रबेशको पहिलो पालिका भएकाले रोङमा दुइप्रकारको क्वारेन्टाइन आवस्यक परेको गाउपालिका अध्यक्ष समसेर राईले बताए ।
‘पशुपतिनगर नाका र जिल्लाकै अन्य स्थान बाट इलाम बाहिर लानुपर्ने अवस्था, र झापा लगायतका अन्य जिल्लाबाट इलाम हुदै भित्रने मानिसहरुलाइ केही दिन यहा होल्ड गर्नुपने अवस्था हुने भयो’ उनले भने ’यसरी राख्दा सुरक्षाको दृष्टिकोणले अरु सँगै राख्नु भन्दा फरक ब्यवस्थापनमा राख्नु पर्ने स्वास्थ्यकर्मीको सुझाब आएकाले होल्डिङ क्वारेन्टाइन बनाउनु पर्ने आवश्यकता परेको हो ।’ आवश्यकता अनुसार कुन क्वारेन्टाइनमा होल्ड गर्ने हो अवस्था र परिस्थिती अनुसार ब्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ ।
तत्काल बिष्णु अमर माबि रोङ २ उमामहेश्वर माबि रोङ ५ र वडानम्बर ६ को मोतिराम माबिमा क्वारेन्टाइन बनाउने तयारी भइरहेको छ । मोतिराममा माबिमा ६० बेड क्षमता, उमामहेश्वर माबिमा ७० बेड क्षमता र बिष्णु अमर माबिमा ६० बेडको क्वारेन्टाइन बनाउन अन्तिम तयारी भइरहेको छ। आठ स्थानमा क्वारेन्टाइन बनाउने तयारी भएपनि हाल थप तीन स्थानमा बनाउदै गरेको अवस्थामा रहेको गाउँपालिका अध्यक्ष राईले बताए । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सँगै बस्नेगरीको ब्यवस्था मिलाउनु पर्ने भएकाले सुरुमा यी तीन स्थानको छनौट भएको उनको भनाइ छ ।
स्वास्थ्य कर्मीको क्षमता अभिबृद्धि गर्दै स्वाब संकलन गर्न सक्ने बनाउने पनि तयारी भएको छ । गाउँपालिकाले स्वास्थ्य शाखाका २ जना कर्मचारी अथवा स्वास्थ्यकर्मीलाइ स्वाब संकलन गर्न सक्ने बनाउन तालिममा पठाएको अध्यक्ष राईले बताए । गाउँपालिकाले आफै स्वाव संकलन गर्ने किट खरिद गर्ने पनि तयारी गरिरहेको छ । करिब ५सय थान किट खरिदको लागि तयारी सुरु भएको स्वास्थ्य शाखाले पनि जनाएको छ । जिल्ला प्रशासन कार्यालयको सहकार्यमा किट खरिदको काम सुरु भएको स्वास्थ्य शाखा प्रमुख नेत्रप्रसाद पोखरेलले बताए ।
यसै बिच बिदेशबाट आउने रोङबासीको लगत ब्यवस्थापन तथा अन्य सहयोग गर्नका लागि गाउँपालिकाले शिक्षक तथा कर्मचारीहरु परिचालन गरेको छ । कार्यपालिकाको जेठ २ गतेको बैठकले क्वारेन्टाइनको ब्यवस्थापन, गाउगाउमा सचेतनात्मक कार्यहरु गर्नको लागि आवहान सहित परिचालन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदिप गौतमले बताए ।

Leave a Reply

Your email address will not be published.