झापामा थप ४ जनामा कोरोना संक्रमण, सङ्क्रमितको संख्या १ सय ११ पुग्यो

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

काठमाडौँ: आइतबार झापामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा थ्रोट स्वावको परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

झापाको गौरीगञ्ज गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १ सय ११ पुगेको छ। झापामा पुष्टि भएका सङ्क्रमित प्रदेश १ कै जिल्लामा सबैभन्दा बढी हो।

गौरीगञ्ज गाउँपालिका वार्ड नं। ६ घर भएका २३, ३७ र ३९ बर्षिय ३ जना पुरूष र वार्ड नं। ५ घर भएका १८ बर्षिय १ जना पुरूषमा कारोना पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भारतको मुम्बई तथा गुजरातबाट गौरीगञ्ज आईपुगेका उनीहरूलाई सोझै गाउँपालिकाले स्थापना गरेको प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा राखेर पिपिसीआर टेष्ट लिई परिक्षणका लागि विराटनगर पठाईएको थियो ।

जिल्लाको कचनकवल गाउँपालिकामा सबैभन्दा बढी एक सय जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी बाह्रदशी र गौरादहमा दुई दुई जना, दमक नगरपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकामा एक एक जना सङ्क्रमित थपिएका थिए। दमक र बाह्रदशीका गरी दुई जना निको भएर घर फर्किसकेका छन्। सजिलोबाट

Leave a Reply

Your email address will not be published.