काठमाडौँ: नेपालमा सोमबार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या तीन हजार ७६२ सय पुगेको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर यादवले आज एकैदिन ३१४ जनाका कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । जसमध्ये २९४ पुरुष रहेका छन् भने २० महिला रहेका छन् ।
देशभर कोरोना भाइरस संक्रमितको संख्या तीन हजार ७६२ पुगेको छ ।आज देशभरीका विभिन्न अस्पतालमा उपचाररत २१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमा २० जना पुरुष र १ जना महिला रहेका छन् । निको हुनेको कुल संख्या ४८८ पुगेको छन् ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १४ जनाको मृत्यु भईसकेको छ । आज मात्रै नेपालमा थप १ जनाको मृत्यु भएको छ ।