नेता आङदेम्बेको सहयोगमा पाँचथरका ६६ जना पत्रकारको कोरोना बिमा

नेता आङदेम्बेको सहयोगमा पाँचथरका ६६ जना पत्रकारको कोरोना बिमा

पाँचथर : कोरोना भाइरस ९कोभिड १९० को संक्रमण बढ्दै गएको बेला अग्रभागमा रहेर काम गर्ने पाँचथरका ६६ पत्रकारको कोरोना बिमा गरिएको छ ।

स्थानीय एफ।एम।रेडियो, पत्र–पत्रिका, अनलाइन र राष्ट्रिय सञ्चार गृहमा आबद्ध पत्रकारहरुको बिमा गरिएको नेपाल पत्रकार महासंघ पाँचथर शाखा अध्यक्ष लवदेव ढुंगानाले बताए । महासंघ पाँचथर शाखाको समन्वयमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले गृह जिल्लाका पत्रकारहरुको कोरोना बिमा गरिदिएका हुन् ।

कोरोना बिमा गरिएका पत्रकारहरुको पीसीआर परिक्षणका क्रममा कोरोना पेजेटिभ देखिएमा बिमा कम्पनिले एक लाख रुपैंयाँ प्रदान गर्नेछ । पहिलो चरणमा छुट्न गएका जिल्लाका पत्रकारहरुको दोस्रो चरणमा बिमाका लागि पहल गरिने अध्यक्ष ढुंगानाको भनाई छ ।पूर्व पोष्ट