झापामा ५ जना कोरोना संक्रमित थपिए, कुल संख्या १५३ पुग्यो

झापामा ५ जना कोरोना संक्रमित थपिए, कुल संख्या १५३ पुग्यो

झापा: जिल्लामा आज थप ५ जनामा कोरोना भाइसर संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा गौरादहमा १, मेचीनगरमा १ र कनकाईमा ३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

झापामा एक महिलासहित पाँच जनामा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा कुल संक्रमितको संख्या १५३ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

गौरादह नगरपालिकाको जनता क्वारेन्टिनमा रहेकी २२ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमित हुने उनी पहिलो महिला हुन् ।

कनकाई नगरपालिकाको कनकाई बहुमुखि कलेजको क्वारेन्टिनमा बसेका तीन जनामा संक्रमण देखिएको हो । उनीहरु कनकाई नगरपालिका वडा नम्बर ३ र ५ का १६, १७ र ३५ वर्षका पुरुष रहेको जनाएको छ ।

मेचीनगर–३ को बलभद्र आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको जनाइएको छ ।

कनकाई नगरपालिमा भने पहिलो पटक संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका सबै भारतबाट आएको जनाइएको छ ।

संक्रमित हुने सबैभन्दा धेरै कचनकवल गाउँपालिकाका रहेका छन् । जिल्लाको कचनकवलमा संक्रमितको संख्या ११२, दमक १, बाह्रदशी ४, गौरीगञ्ज १२ , गौरादह ४, कमल १, अर्जुनधारा २, भद्रपुर ४ जना, झापा १, मेचीनगर २, बुद्धशान्ति ५, कनकाई ३ र हल्दिवारी २ पुगेको जनाइएको छ ।सजिलो खबरबाट