इलाम अस्पतालमा डायलिसिस मेसिन जडान गरिने

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर प्रदेश नं. १ स्वास्थ्य/शिक्षा


इलाम : रोटरी क्लब अफ धरानको सहयोगमा इलाम अस्पतालमा डायलोसिस मेसिन संचालनका लागि सम्झौता भएको छ । इलाम नगरपालिका, इलाम अस्पताल र रोटरी क्लब बिच त्रिपक्षिय रुपमा डायलोसिस मेसिन संचालनका लागि १० बुँदे सम्झौता भएको हो । इलाम नगरपालिकाको तर्फबाट नगर प्रमुख महेश बस्नेत, इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रभु शाह र रोटरी क्लब अफ धरानका अध्यक्ष रोटरीयन रबिन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

इलाम नगरपालिका र जिल्ला समन्वय समितिबाट रोटरी क्लब अफ धरान ९रोटरी इन्टरनेशनल० लाई डायलोसिस मेसिन अनुदान सहयोगका लागि प्रस्ताव गरेको थियो । रोटरी क्लब अफ धरानले रोटरी इन्टरेनशलमा योजना कार्यक्रमको निवेदन गरी विभिन्न उपयोगी कार्यक्रम संचालन गर्दै आएकोमा आर्थिक बर्ष २०७६र७७ मा इलाम अस्पतालमा ३ थान डायलोसिस मेसिन जडान गरी सेवा संचालन गर्ने पवित्र उद्धेश्य राखी योजना पेश गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

म्याचिङ फण्डमा इलाम नगरपालिकाको १५ लाख
योजना पेशबाट अनुदानका रुपमा प्राप्त हुने ३ थान मेसिनका लागि प्रारम्भिक म्याचिङ फण्डका रुपमा इलाम नगरपालिकाले १५ लाख रुपैया उपलब्ध गराउनु मन्जुर भएको नगर प्रमुख महेश बस्नेतले बताए । फण्ड जम्मा भएको ६ महिनाभित्र रोटरी क्लबले डायलोसिस मेसिन उपलब्ध गराउने सम्झौता गरिएको छ । मेसिन जडान गरी मापदण्ड अनुसार सुचारु गराउने इलाम अस्पतालले समेत सहमती जनाएको मेसु शाहले बताए ।

सेवा प्रदान गरी भएको आम्दानी मेसिन संचालन र व्यवस्थापनमा प्रयोग गरिनेछ । जनशक्ति व्यवस्थापन एवम प्रयोगशाला मापदण्ड बमोजिम व्यवस्थापनक साथै उपकरण संचालनका लागि आवश्यक सामग्री इलाम अस्पतालले व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.