शसस्त्र प्रहरीको बेस क्याम्प स्थापना पछि शान्त बन्दै इलामको चुलाचुली

Breaking News Hot News Mukya Samachar Special News Trending अपराध जीवन शैली प्रदेश नं. १

प्रेम अधिकारी पशुपतिनगर(इलाम) :

इलामको चुलाचुली गाउँपालिका १ का ८० बर्षीय मान बहादुर मिश्र हिजो आज गाउँघर शान्त भएको महसुस हुन थालेको छ । बिगतका समयमा साँझ पर्न नपाउदै मदिरा सेवन गरेका मानिसले मिश्रलाई घरमा बसी नसक्नु बनाउथे । तर, अहिले मिश्रलाई ढुक्क छ । चुलाचुली वडा नम्बर १ मा शसस्त्र प्रहरी बल नेपालको चुलाचुली बेस क्याम्प स्थापना भए पछि गाउँमा हुने झैझगडामा कमी आएको छ । मिश्रले बिगतको अनुभव सुनाउदै भन्नु भयो ‘यहाँ बिगतमा छोरीचेली जोगाउन र पाहुँना आउदा इज्जत बचाउनै समस्या थियो ।’
शसस्त्र प्रहरीको बेस क्याम्प स्थापना भएर नियमित गतिबिधि हुँन थालेपछि अहिले चुलाचुली गाउँपालिकामा हुँने साना ठूला चोरी तस्करी नियन्त्रण भएको छ । गाउँपालिकाका सामुदायीक बनमा काठ तस्करी मौलाए पछि एक बर्ष अघि शसस्त्र प्रहरीको बेस क्याम्प स्थापना गरिएको थियो । बेस क्याम्प स्थापना पछि बन क्षेत्रमाको तस्करी नियन्त्रण गर्न र गाउँघमा हुँने अवैध गतिविधि रोक्न शसस्त्रले नियमित गस्ती गर्दै आएको शसस्त्र प्रहरी बल नेपाल चुलाचुली बेस क्याम्पका प्रहरी निरीक्षक भोला खत्रीले जानकारी दिनु भयो । पदनमा मात्र नभएर रातको समयमा समेत चोरी तस्करी नियनत्रण गर्न नियमित गस्ती गर्ने गरिएको जानकारी दिनु भयो ।प्रहरी निरीक्षक खत्रीले प्रहरीले उक्त क्षेत्रमा नियमित गस्ती बढाए पछि गाउँघरमा हुँने आपराधिक गतिविधि नियन्त्रण हुँनका साथै चोरी तस्करी नियन्त्रणमा आएको छ । प्रहरीले बिपद ब्यवस्थापन देखि कोरोना नियन्त्रणमा समेत सक्रिय गतिविधि गरिरहेको छ । मुख्य गरी चुलाचुली क्षेत्र काठ तस्करीका लागि प्रख्यात रहदै आएको छ ।
स्थानीय खोला किनारलाई आधार बनाएर चुलाचुलीका सामुदायीक बनको काठ तस्करले नजिकै रहेको झापा लैजाने गरेका थिए । प्रहरीले सक्रियता बढाए पछि बन जंगलको तस्करी नियन्त्रणमा आएको चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले जानकारी दिनु भयो । अध्यक्ष राईले भन्नु भयो ‘ बिगतमा निक्कै दुख पाईयो , अहिले ढुक्क भएका छौ।’ अध्यक्ष राईले प्रहरीले जनप्रतिनिधि र स्थानीय संग सहकार्य गरी नियमित गस्ती गर्न थालेपछि चोरी तस्करी र अवैध गतिबिधिका घटनामा कमी आएको बताउनु भयो ।
चुलाचुली गाउँपालिकामा १२ वटा सामुदायीक बन रहेका छन् । लकडाउनको समयमा समेत तस्कले गतिविधि गर्ने भएकाले उच्च सुरक्ष सर्तकता अपनाईएको छ । चुरे क्षेत्रमा पर्ने चुलाचुली गाउँपालिकामा १२ वटा, माई नगरपालिकामा ६० वटा, रोङ गाउँपालिकामा ३१ वटा र माङसेबुङ गाउँपालिकामा ११ वटा सामुदायीक बन रहेका छन् । यी पालिकाका जंगल मध्ये सबै भन्दा बढी चुलाचुली गाउँपालिका र माई नगरपलिकाका बनमा चोरी तस्करी हुने गरेको छ । चोरी तस्करी बढी हुँन थालेपछि चुलाचुली गाउँपालिका , माईनगरपालिकाको दानाबारी र माङसेबुङ गाउँपालिकाको चिसापानीमा चुरे क्षेत्रलाई मध्यनजर गरी शसस्त्र प्रहरीको बेस क्याम्प स्थापना गरिएको छ । डिभिजन बन कार्यालय इलामका सहायक बन अधिकृत याम बहादुर रुम्बाले स्थानीयको बैकल्पीक आयआर्जन स्रोत नभएकाले काठ तस्करी हुने गरेको बताउनु भयो । रुम्बाका अनुसार बन जंगल जोगाउँनका लागि स्थानीय सरकार सक्रिय भई स्थानीयलाई जति सक्दो धेरै रोजगारको अवसर सिर्जना गर्नु पर्ने बताउनु भयो । जिल्लाका सबै पालिकामा सब डिभिजन बन कार्यालयहरु स्थापना गरिएको छ । सब डिभिजन बन कार्यालय , प्रहरी र स्थानीय बन उपभोक्ता समितिको पहलमा बन क्षेत्रको संरक्षणको काम गरिदै आएको छ । यी क्षेत्रमा बन गस्ती टोली र प्रहरीले सत्रियता बढाएर बन तस्करी रोक्न खोज्दा तस्कर संग पटक पटक झडप समेत भएको छ । झापा देखिका तस्कर चुलाचुली र दानाबारीका सामुदायीक बनमा पस्ने गरेका छन ।

Leave a Reply

Your email address will not be published.