इलामको देउमाईबाट सखुवाको काठ र ट्याक्टर सहित गिरी पक्राउ

इलामको देउमाईबाट सखुवाको काठ र ट्याक्टर सहित गिरी पक्राउ

इलाम: इलामको देउमाई नगरपालिकाबाट चोरीको काठ सहित एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बिहान इलाम नगरपालिका ११ सोयाकको जंगलबाट सखुवाको रुख काटी चिरान गरी देउमाई नगरपालिकाको जितपुर तर्फ ल्याउदै गर्दा काठ र दुई थान टयाक्टर सहित देउमाई नगरपालिका ९ नवमी का ३७ बर्षीय सन्तोस गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।
जितपुर नवमी स्थित गिरीको घरमा ८९ क्युफिट सालको काठ लुकाउदै गरेको अवस्थमा गिरी, काठ र काठ ओसार्न प्रयोग गरीएको को १ त १२७ र मे १ त ४१८८ नम्बरका दुवै ट्याक्टर बरामद गरी आवश्यक कार्वाहीको लागी डिभिजन वन कार्यालय इलाममा बुझाईएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लालध्जव सुवेदीले जानकारी दिनु भएको छ ।