झापामा १५९ जनाले कोरोनालाई जितेर फर्किए

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा


हैदरावादबाट फर्किएका युवामा संक्रमण:

झापा:झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर १ का १८ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ ।भारतको हैदरावादबाट फर्किएर स्थानीय क्वारेन्टिनमा बसेका युवामा संक्रमण देखिएपछि उपचारका लागि गोठगाउँ लगिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

बाह्रदशी गाउँपालिकामा यो सँगै ८ जना संक्रमित भएका छन् । झापाका २ सय १७ जना संक्रमित मध्ये आज फर्किएका २८ जना कोठगाउँबाट उपचार पछि फर्किएका छन् । योसँगै झापाका १ सय ५९ जना कोरोनालाई जितेर फर्किएको चम्लागाईले बताए ।सजिलोखबरबाट

Leave a Reply

Your email address will not be published.