इलाममा पाँचजना कोरोना संक्रमित थपिए

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

इलाम: इलाममा शनिबार पाँच जना कोरोना संक्रमित थपीएका छन । बिभिन्न देशबाट आई जिल्लाका क्वारेन्टाईनमा बसेका मध्ये थप जनाको रिर्पोट पोजेटिभ आएको हो ।
शनिबार थपीएका संक्रमित मध्ये ४ जना ओमन र १ जना भारतबाट आई क्वारेन्टाईनमा बसेका छन् । भारतबाट आएर सूर्योदय नगरपालिका २ का पशुपतिनगर क्वारेन्टाइनमा बसेका २७ बर्षीय पुरुष, ओमनबाट आएर सूर्योदय नगरपालिका–३ का ३० बर्षीय पूरुष , सोही वडाका २८ बर्षीय पुरुष, इलाम नगरपालिका–८ का ४८ बर्षीय पुरुष र साउदीबाट आएका सूर्योदय नगरपालिका–७ का ३० बर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको सूर्योदयन गरपालिका वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिनु भयो ।
ओमनबाट आएका सबै कन्यामको क्वारेन्टाइनमा रहेका छन् । ओमनबाट आई क्वारेन्टाईनमा रहेका ४ जना पोजेटीभलाई शनिबार नै मोरङको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वबिद्यालयको अस्पतालमा उपचारको लागि लगिएको छ । उनीहरुको ५ दिन अघि स्वाब संकलन गरेर परीक्षणका लागि कोशी अस्पताल बिराटनगर पठाइएको थियो ।
यी ५ जनासँगै इलाममा कोरोना संक्रमितको संख्या ७ जना पुगेको छ । यसअघि भेटिएका सूर्योदय नगरपालिकाका २ जना संक्रमितले कोरोनालाई जितेर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published.