इलामका थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १० पुग्यो

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

इलाम : इलाममा १० औ कोरोनाको संक्रमण भेटिएको छ । सूर्योदय नगरपालिकाको कृष्णाश्रम माविको क्वारेन्टाइनमा रहेका वडा नं १० की ४० बर्षिया र वडा नं १४ की २४ बर्षिया महिलामा कोरोना संक्रमण देखिएपछि इलाममा संक्रमितको संख्या १० पुगेको हो । असार ८ र ९ गते क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब असार १२ गते संकलन गरेर परिक्षणमा पठाइएको सूर्योदय नगरपालिकाका कोभिड–१९ फोकल पसर्न बिपुल अधिकारीले जानकारी दिए ।

कुवेतबाट नेपाल फर्किएका २ महिलामा कोरोनाको संक्रमण पोजेटिभ भेटिएसंगै इलाममा संक्रमितको संख्या १० पुगेको हो । दुवै जनालाई उपचारको लागि पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको कोरोना अस्पतालमा पठाउने तयारी भइरहेको वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए । बुधबार २ जना भेटिएसंगै इलाममा १० जनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको हो । पछिल्लो समय विदेशबाट उद्धार गरि ल्याइएकाहरुमा कोरोनाको संक्रमण देखिन थालेको हो ।

इलामका हालसम्म पोजेटिभ देखिएका १० जना मध्ये ओमानबाट ३ जना, भारतबाट आएका ४ जना, कुवेतबाट आएका २ जना र साउदी अरबबाट आएका १ जनामा कोरोनाको संक्रमण देखिएको हो । संक्रमित मध्ये २ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । इलाममा पहिलो कोरोनाको संक्रमण जेठ २७ गते देखिएको थियो । जेठ ३० गते दोश्रो संक्रमण देखिएको इलाममा असार १३ गते एकै दिन ५ जनाको रिर्पोट पोजेटिभ आएको थियो । असार १४ गते १ जना र आज २ थपिएका हुन् ।

Leave a Reply

Your email address will not be published.