सूर्योदय नगरपालिकामा रेडियोबाटै बिद्यार्थीलाई पढाईदै

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ प्रमोसन स्वास्थ्य/शिक्षा

फिक्कल: कारोना भाईरसको जोखिम बढिरहेको समयमा लामो समय देखि बिद्यालय बन्द रहेको छ । यसै कुरालाई ध्यानमा राख्दै इलामको सूर्योदयनगरपालिकाले रेडियो मार्फत कक्षा संचालन सूरु गरेको छ ।
आज बुधबारबाट शूरु भएको कक्षा रेडियो फिक्कल ९०।६ मेगाहर्जको स्टुडियो बाट प्रत्यक्ष प्रसारण हुनेछ दैनिक चल्ने उक्त कार्यक्रम दिउसो १ बजे देखि २ बजे सम्म रेडियो फिक्कल सगै इलामका अरु रेडियोहरु रेडियो बुद्धबाणी ९५।७ मेगाहर्ज र रेडियो नेपाल बाणी एफ एम ९४।९ मेगाहर्जबाट पनि एकै साथ सुन्न सकिने छ ।
बिद्यालयहरु बन्द भईरहेको अवस्थामा बिद्यार्थीको पठनपाठन निक्कै प्रभावित भईरहेको थियो अझै पनि कहिले बिद्यालय खुल्छ भन्ने कुनै टुङगो छैन यसै कुरालाई ध्यानमा राख्दै बिद्यार्थीहरु घरमै बसेर पनि पठनवाठन सुचारु ग्र्न सफल हुन भन्ने उदेश्यका साथ रेडियो कक्षा सञ्चालन गरेको सूर्योदयनगरपालिका प्रमुख रण बहादुर राईले बताउनु भयो ।
बुधबार गणित बिषयको कक्षा १० को कक्षा सञ्चालन भएको थियो । एभरल्याड इङलिस स्कुल फिक्कलका सुनिल ढुङगाना र जनक मा वि श्रीअन्तुका शिक्षक युवराज पोख्रेलले बुधबारको पहिलो कक्षा लिनु भएको थियो । यस्तै दोस्रो कक्षा एभरल्याण्ड इङलिस स्कुलका अनिल राइ र फिक्कल नमुना मा वि का शिक्षक भरत अधिकारीले कक्षा १० कै अग्रजी बिषयको कक्षा लिनु भएको थियो ।
दैनिक रुपमा बिभिन्न कक्षाका बिभिन्न बिषयको कक्षा बिज्ञ शिक्षकहरुले सञ्चालन गर्ने सूर्योदयनगरपालि शिक्षा शाखा प्रमुख रुद्र नारायण साप्कोटाले जानकारी दिनु भयो । अब दैनिक नियमीत रुपमा कक्षाहरु सञ्चालन हुने भएकोले सबै बिद्यार्थी भाईबहिनीले नियमीत रुपमा रेडियो कक्षामा सहभागि हुन सूर्योदयनगर पालिका शिक्षा शाखाका अधिकृत योगनिधि भटटराईले आग्रह गर्नु भयो ।
एभरल्याड इङलिस स्कुल फिक्कलका शिक्षक सुनिल ढुङगानाले नगरले शूरु गरेको रेडियो कक्षा निक्कै प्रभावकारी कदम भएको बताउनु भयो ्। उहाँले बिद्यार्थी भाईबिहनीहरुले नियमित सुनेर सहभागीता जनाउन आग्रह गर्नु भयो ।
जनक मा वि श्रीअन्तुका शिक्षक युवराज पोख्रेलले बिद्यार्थीहरु घरमै रहनुपरेको अवस्थामा यसरी नगरपालिकाले रेडियो मार्फत बिद्यार्थीसम्म पुग्ने अवसर दिएकोमा नगरलाई धन्यवाद दिनु हदै लिएका कक्षाहरुबाट बिद्यार्थीले बढि भन्दा बढि ज्ञान लिन सकुन भन्नको लागि अभिभावकले घरमा कक्षा लिन सहज हुने वातावरण बनाउन पनि आग्रह गर्नु भयो । एभरल्याण्ड इङलिस स्कुलका अनिल राईले रेडियो कक्षा आफुहरुको लागि नया अनुभव भएको भएपनि सकेसम्म बढि भन्दा बढि ज्ञान दिन कोशिष गर्ने बताउनु भयो । फिक्कल नमुना मा विका शिक्षक भरत अधिकारीले रेडियो कक्षा लिन पाउदा आफुलाई निक्कै फरक आभाष भएको बताउनु भयो । राजकुमार दहाल 

Leave a Reply

Your email address will not be published.