माई नगरपालिकामा ट्रयाक्टर पल्टिदा २ जनाको मृत्यु

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १

माई : इलामको माई नगरपालिका–१ पाल्टारमा ट्रयाक्टर पल्टदा २ जनाको ज्यान गएको छ । करिब साढे ३ बजेको समयमा बारी जोतेर फर्कदै गरेको मे १ त ७४४० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल झर्दा चालक माई नगरपालिका–८ का २१ बर्षिय सुजन बिश्वकर्मा र ट्रयाक्टर धनिका छोरा ११ बर्षिय नितेश गिरीको ज्यान गएको हो ।

दुर्घटना भएको ट्रयाक्टरले किचेपछि दुवै जनालाई उपचारको लागि झापाको बिएन्डसी तर्फ पठाइएको थियो । उनीहरु दुवै जनाको बाटोमा नै मृत्यु भएको प्रहरी चौकी दानाबारीका असई इन्द्रप्रसाद पराजुलीले जानकारी दिए । दुर्घटनामा चालकमा भान्जा समिर विश्वकर्मा घाइते भएको छन् । उनको विएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.