इलामको रोङ गाउँपालिकामा पहिलो कोरोना संक्रमित

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

रोङ : इलामको रोङ गाउँपालिकामा पहिलो कोरोना संक्रमित फेला परेका छन् । भारतको बेङलोरबाट आएका वडा नं ६ जिर्मलेका २२ बर्षिय युवकमा कोरोनाको संक्रमण देखिएको हो ।

कुटिडाँडामा रहेको शान्ति निकेतन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका उनको २१ गते स्वाब लिएर परिक्षणको लागि पठाइएको थियो ।

संक्रमित युवकलाई उपचारको लागि गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालय इलामका फोकल पर्सन बिमल बरालले जानकारी दिए । आज भेटिएको संक्रमितसँगै इलाममा संक्रमितको संख्या १४ पुगेको छ । ८ जनाले कोरोना जितेर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published.