झापा, मोरङ र सुनसरीमा बाढीको उच्च जोखिम

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर प्रदेश नं. १ समाचार समाज

मोरङ: लगातार ४ दिनदेखि जारी बर्षाका कारण प्रदेश १ का बिभिन्न जिल्लाहरु बाढी र पहिरोको उच्च जोखिममा परेका छन । पहाडी जिल्लामा पहिरो र तराईका जिल्लामा बाढीको जोखिम बढेको हो । तराईका बिभिन्न जिल्लामा रहेका नदी तथा खोला आसपासमा रहेका बस्तीहरु उच्च जोखिममा छन । त्यस क्षेत्रका बासिन्दाहरुलाई हाई अर्लटमा बस्न समेत सरकारले अनुरोध गरिसकेको छ ।

कन्काईले झापामा चार घर विस्थापित

सप्तकोशीमा पानीको बहाव बढेपछि सो क्षेत्रमा खतराको संकेत देखिएको छ । उता धरानमा रहेको सर्दु खोलाले बगाएर एक जना बेपत्ता बनाएको छ । यसैगरी ईटहरीमा रहेको बुढीखोला मोरङको गछिया खोला,बेलबारीको लोहन्द्रा,उर्लाबारीको मावा लगायत झापाका कन्काई,बिरिंग लगायतका खोलामा आएको बाढीले आसपासका क्षेत्रमा त्रास फैलाएको छ । बिगत ४ दिनदेखि बर्षा निरन्तर जारी रहेको छ ।
केही दिन यता भइरहेको लगातार वर्षाका कारण झापाको कनकाई नदीमा पानीको बहाव बढेको छ ।

कन्काई नदीमा जलस्तर खतरा आसपास पुगेकाले आज शिवसताक्षी नगरपालिका–१० मा चार घर विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । “कनकाईको बाढीबाट विस्थापित चार परिवारलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको र उहाँहरूको बसोबासका लागि सोसाइटीले त्रिपाल प्रदान गरिएको छ”, सोसाइटीका आपत्कालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन हरिशरण खड्काले भने, “कनकाई नदीमा आज पानीको बहाव तीन दशमलव एक मिटर मापन गरिएको छ ।”

यसलाई बाढीको जोखिमोन्मुख अवस्था मानिन्छ । पानीको बहाव तीन दशमलव आठ मिटर पुगेपछि कनकाई नदी बग्ने तराई क्षेत्रका सबै नगरपालिका र गाउँपालिकाका वरपरका बासिन्दालाई मोबाइलको म्यासेज र साइरनमार्फत सतर्क गराउने व्यवस्था छ ।

इलाम र पाँचथर जिल्लामा धेरै वर्षा हुँदा झापामा बाढीको त्रास हुन्छ । इलामको कन्याममा आज ५६ मिलीमिटर, सोक्तिममा ५१ मिलीलिटर, चन्द्रगढीमा ५९ दशमलव छ मिलीमिटर र दोमुखामा ७६ दशमलव ६ मिलीमिटर वर्षा भएको नेपाल रेडक्रस सोसाइटी आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

झापा र इलाममा विगत २४ घण्टादेखि लगातार वर्षा भइरहेको छ । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लाको १५ वटै स्थानीय तहमा रहेको आफ्ना उपशाखाहरूलाई नदी तटीय क्षेत्रका समुदायलाई सतर्क गराउनु भन्दै आज ‘एलर्ट म्यासेज’ सम्प्रेषण गरेको छ ।

इलामतिर वर्षा हुँदा नदीहरूमा बाढी आउने उच्च सम्भावना भएको बताउँदै खड्काले नदी तटीय क्षेत्रमा बसोबास र खेतीमा काम गर्नेहरूलाई सतर्क रहन र खोला नतर्न आग्रह गरेका छन् । पूर्वेली र सजिलोबाट

Leave a Reply

Your email address will not be published.