जसुदा खाकी स्मृति पुरस्कार शक्तेनलाई

Breaking News Hot News Mukya Samachar Special News Trending कला संस्कृति घुमफीर प्रदेश नं. १ प्रमोसन

इलाम:यो वर्षको ‘जसुदा स्मृति पुरस्कार’ कवि देवेन्द्र शक्तेनलाई प्रदान गरिएको छ । कवि तथा पत्रकार जसुदा खाकी प्रधानको सम्झनामा उनका पति एवं वरिष्ठ पत्रकार पुष्पराज प्रधानले स्थापना गरेको १११५० रुपैया नगद सहित पुरस्कार शक्तेनलाई प्रदान गरिएको हो ।

भानु प्रतिमा संरक्षण तथा साहित्य सम्बद्र्धन समिति इलामको आयोजना भएको कार्यक्रममा इलाम नगर प्रमुख महेश बस्नेतले दोसल्ला र नगद सहित पुरस्कार प्रदान गरे । शक्तेनको दन्त्यकथाको देशु कविता संग्रह प्रकाशित छ । उनी ३० दशकभन्दा अघिबाट साहित्यमा कलम चलाउदै आएका कवि हुन । हालसम्म यो पुरस्कार कवि अन्वेश थुलुङ र बालिका थपलियाले प्राप्त गरिसकेका छन् ।

इलाममा जन्मिएर विभिन्न साहित्यक संघ सस्थामा आबद्द हुदै पत्रकारिता क्षेत्रमा लागेकी स्व जसुदा खाकीले २०३६ सालमा युवा आवाज पत्रिकाको सम्पादन गरेकी थिइन्। खाकीले संरचना साप्ताहिक को प्रबन्धक र सम्पादक तथा अग्रेजी पत्रिका पिपल्स रिभ्युको समेत प्रबन्धक बनेर काम गर्नु गरेकी थिइन् ।

२०५५(५६ सालमा नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य समेत बनेकी खाकीको अल्पायुमा नै निधन भएपछि उहाको परिवारको तर्फबाट उहाको सम्झनामा यो पुरस्कार स्थापना गरिएको हो । भानु प्रतिमा संरक्षण तथा साहित्य सम्बर्द्धन समिति इलामका अध्यक्ष कवि बिमल बैधको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुरस्कृत ब्यक्तित्व लाई इलामेली सर्जकहरुले शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published.