झापा: झापाका आज थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै झापामा संक्रमित हुनेको कुल संख्या ३१० पुगेको छ ।
संक्रमण पुष्टि हुनेमा तीन जना महिला रहेका छन् भने एक जना पुरुष रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । उनका अनुसार संक्रमित हुनेमा मेचीनगर नगरपालिकाका एक जना महिला, भद्रपुर नगरपालिकाका दुई जना महिला र कनकाई नगरपालिकाका एक पुरुष रहेका छन् ।
संक्रमित हुने महिलाहरुमा मेचीनगरकी महिला भारत, भद्रपुरका कुवेदबाट आएका हुन् भने कनकाईका पुरुष कतारबाट आएको जनाइएको छ । उनीहरु स्थानिय क्वारेन्टाइनमा बसेका थिए ।
झापामा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या २७९ पुगेको जनस्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ ।
झापाका चारसहित आज प्रदेश नं १ मा ३३ जनामा कोेरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा मोरङका ३, इलामका ६, सुनसरीका ४, उदयपुरका १ तथा ओखलढुंगाका १५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सजिलो खबरबाट