इलामको माईखोलामा बेवारिसे लाश भेटीयो

Breaking News Hot News Mukya Samachar Special News Trending अपराध घुमफीर प्रदेश नं. १

इलाम: इलाम नगरपालिका ८ मा पर्ने माईखोलाको पुल नजिक एक युवाको बेवारिसे लाश फेला परेकोछ ।
शुक्रबार बिहान नामसालिङ जाने पक्की पुल नजिक खोला किनारामा ती युवाको शव फेला परेको हो ।
मृत फेला परेका पुरुष व्यक्ति अन्दाजी ३२ बर्षको रहेको र हाल सम्म पहिचान हुँन नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
मृतक युवाको टाउको तथा निधारमा निल डाम चोट लागेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक लालध्वज सुवेदीले जानकारी दिनु भयो ।
प्रहरीले घटनास्थल लाशजाँच मुचुल्का लगायतका काम गरी पोष्टमार्टमको लागि युवाको शव इलाम अस्पताल इलामको शव गृहमा राखेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको र हत्या गरी फालेको हुँन सक्ने प्रहरीले आर्शका गरेको छ । लाशको सनाखत हुन नसकेकोले कोही ब्यक्ति हराएको भए प्रहरीलाई खवर गरिदिन जिल्ला प्रहरी कार्यालय इलामले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.