नेपाल रेडक्रस सोसाइटी इलाम शाखाद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

  • 31
    Shares
नेपाल रेडक्रस सोसाइटी इलाम शाखाद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

इलाम: नेपाल रेडक्रस सोसाइटी इलाम शाखाले कोरोना संक्रमणबाट जोगिन बिभिन्न कार्यालय र संघ संस्थालाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी इलाम शाखाले जिल्ला प्रहरी कार्यालय, इलाम कारागार, इलाम नगरपालिका , सूर्योदय नगरपालिका, रेडक्रस एम्बुलेन्स चालक, व्लड बैक, ट्याक्सी व्यवसायी संघ समेतलाई कोरोना संक्रमणबाट जोगिन आवश्यक सामग्री हस्तान्तरण गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी इलाम शाखाले मास्क , सेनिटाइजर, पीपीई सेट र शव व्यवस्थापन व्याग लगायतका सामग्री विपद व्यवस्थापन समितिका अध्यक्ष तथा इलामका प्रमुख जिल्ला अधिकारी तुलसी राम सेडाई मार्फत हस्तान्तगरण गरेको छ । कार्यक्रममा नेरेसो इलामका सभापति शिव प्रसाद गौतम लगायत रेडक्रस कर्म र सुरक्षा निकायका प्रमुखको सहभागीता रहेको थियो ।