इलाममा सुरक्षाकर्मी सहित नौ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५ पुग्यो

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

फिक्कल: इलाममा आईतबार नौ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै इलाममा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ ।
सशस्त्र प्रहरीका पाँच जना , नेपाल प्रहरी एक जना हवल्दार सहित अन्य तीन जनामा कोरोना पुष्टि भएको हो । प्रहरीका हवल्दार क्वारेन्टाइनको सुरक्षार्थ खटिएका थिए ।
भरतबाट आई इलाम नगरपालिकाको क्वारेन्टाइनमा रहेका इलाम नगरपालिका–६का एक पुरुष र क्वारेन्टाइनमा खटिएका एक कर्मचारीलाई समेत कोरोना पुष्टि भएको छ । त्यस्तै माइ नगरपालिका–४ का २६ वर्षको पुरुषलाई समेत कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
शसस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि गणबाट नियमीत गस्ति नहुने भएको छ । सशस्त्र प्रहरीको गणपति रोशन श्रेष्ठले गणमा उच्च शुरक्षा सर्तकर्ता अपनाईएको जानकारी दिनु भयो ।संक्रमित सवैलाई उपचारको लागि पठाउने तयारी भइरहेको छ । इलामबाट सशस्त्र प्रहरीका १२ जना सहित ५६ जनाको स्वाब संकलन गरी कोरोना परीक्षणको लागि पठाइएको थियो ।

Leave a Reply

Your email address will not be published.